बाग्लुङ्गको दु*र्घटनामा ३ मिनेट भित्र पुगि घाइतेहरुको भगवान स्वरुप भए दिपक के.सि !!

बाग्लुङ्गको दु*र्घटनामा ३ मिनेट भित्र पुगि घाइतेहरुको भगवान स्वरुप भए दिपक के.सि !!

Badigad Online
2 Min Read

जीवन पाण्डे, बडिगाड बाग्लुङ्ग – गुल्मिबाट कुलपुजाको लागि बाग्लुङ्ग देविस्थान जाँदै गरेको जिप दु*र्घटनामा परेका घा*इतेहरुका लागि बडिगाड गाउपालिका ०९ का दिपक के.सि भगवान स्वरुप सावित भएका छन । मंगलबार बिहान ९:४५ बजे बडिगाड गाउपालिका वडा न ०७, अल्छिवाङ क्षेत्रको मध्यपहाडी लोकमार्गबाट जिप करिव ३०० मिटर तल बडिगाड खोलामा खसेको हो । जिप दु*र्घटना भएको ३ मिनेट भित्र के.सि घट*नास्थलमा पुगेका थिए ।

घटनाको प्रत्यक्षदर्शी स्थानीय प्रकाश के.सि ले तत्काल दिपक के.सि लाई खवर गरे पश्चात उनी त्यहा पुगेका हुन । खोलाको किनारमा पुग्दा त्यहा चार, पाँच जना पहिला नै पुगिसकेका थिए तर ती घाइतेको शरिरलाइ छुन उनिहरु डराएको के.सि बताउछन । भिरमै छट*पट्याइ रहेका निमा कार्की क्षेत्री र जीवन कार्किलाइ उनि मध्यपहाडी लोकमार्गमा रहेको एम्बुलेन्स सम्म पुर्याउन पहल गर्छन । रक्ताम्मे भएको त्यस क्षेत्रमा दु*र्घटना भएको जिपसम्म जान डराइरहेको बेला उनी सकृयतापुर्वक जिप नजिक पुगि सबैलाइ त्यस काममा निडर हुन उत्प्रेरणा जगाउदै आफ्नो नेतृत्वमा श*व निकाल्छन ।

उल्टो परिराखेको जिपबाट तीन चार जनाको शव बाहिर निकालेपछी त्यस जिप भित्रबाट सानो बालक हिमाल कार्की रोएको आवाज आउछ | आवाज आएपछी उनी त्यस बालकलाइ बचाउन ठूलो भुमिका निर्वाह गर्छन । त्यसैगरी उनि दिनभर खाजा समेत नखाइकन शव जम्मा गर्न, प्रहरिलाइ सघाउन र उनिहरुको आफन्तहरुलाइ सम्पर्क गराउन लागि पर्छन । उनी साझ शवलाइ आफन्तको जिम्मा लगाएर मात्र घर फर्केका हुन ।

जब दु*र्घटना हुन्छ प्राय मानिसहरु रुन चिच्याउन र शरिरले काम गर्न सकेन भन्दै शिथिल भएर बस्छन तर के.सि ले मानवको मानवियता र कर्तब्य स्मरण गराउदै उनको नेतृत्तवमा तत्काल घाइतेहरुलाइ ३०० मिटर माथी रहेको मध्यपहाडी लोकमार्गसम्म पुर्याउनको लागि सफल हुन्छन । दु*र्घटना स्थलमा मानिसहरुको कमि थिएन तर कमि थियो त के.सि जस्तै मानिसहरुको कमि थियो । प्राण गुमाइसकेकाले त संसार र आफन्तको साथ गुमाए तर एक अबोध ४ बर्षिय बालक हिमाल सहित ३ जनाको ज्यान बचाउन सफल भए के.सि । दु*र्घटना देखेपछी तत्काल राहतमा जुट्न र घाइतेलाइ स्वास्थ्य संस्थासम्म पुर्याउन के.सि ले गरेको योगदानबाट सबैले कुनै न कुनै पाठ सिक्नै पर्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित