एकजना बेपत्ताको शव समेत फेला परेपछि बडिगाड गाउँपालिका वडा नं. ७ वडा कार्यालयद्वारा शोक वक्तव्य जारि !!

एकजना बेपत्ताको शव समेत फेला परेपछि बडिगाड गाउँपालिका वडा नं. ७ वडा कार्यालयद्वारा शोक वक्तव्य जारि !!

Badigad Online
3 Min Read

जीवन पाण्डे, बडिगाड बागलुङ – मंगलवार बिहान ९:४५ बजे जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे, घोपर्ना क्षेत्रमा भएको जिप दुर्घटनाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाडद्वारा शोक बक्तब्य जारि गरिएको छ | गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको दोहोली पैयाँपाटाबाट बागलुङको निसिखोला गाउँपालिका १, देविस्थानको बायोखोलामा कुल (दिवाली) पुजाका लागि जाँदै गरेको १८ जना सवार ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडि लोकमार्गबाट बडिगाड खोलामा दुर्घटना हुँदा १ बच्चा ९ महिला र ४ पुरुष सहित १४ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना बेपत्ता भएकाको समेत घटना भएको स्थल भन्दा करिव २५०० मिटर तल शव भेटिएको र मृत्यु हुनेको संख्या १५ पुगेको कुरालाई उल्लेख गर्दै शोक बक्तव्य जारि गरेको हो | जसमा यस्तो लेखिएको छ ;

मिति २०७६/०८/१७ गते बिहान ९:४५ बजेको समयमा जिल्ला बाग्लुङ बडिगाड गाँउपालिका वडा न. ०७, साविक भीमगिठे वडा न. १ घोपर्ना स्थित अत्यन्तै दुखद एबम अकल्पनीय दुर्घटनाले हामि सम्पूर्ण बडिगाड गाँउपालिका वडा न. ०७ का सम्पूर्ण जनता एबम आम समुदायलाई स्तब्ध बनाएको छ |

जिल्ला गुल्मी इश्मा गाँउपालिका ०४ पैयाँपाटा बाट जिल्ला बाग्लुङ निसिखोला गाँउपालिका वडा न. ०२, बायखोला स्थित कुलपुजामा सहभागी हुनका लागि १८ यात्रु सवार भएको ग १ ज ५२३१ नम्बरको जिप बडिगाड गाँउपालिका वडा न. ०७, घुपर्ना ठाउँमा मध्यपहाडी लोकमार्गबाट करिव २०० मिटर तल खसी दुर्घटना हुदा ९ महिला, १ बालिका र  ४ पुरुषको घटनास्थलमै मृत्यु भएको, तिनजना गम्भीर घाइते भएको र  एकजना बेपत्ता भएकाको समेत घटना भएको स्थल भन्दा करिव २५०० मिटर तल शव भेटिएको र मृत्यु हुनेको संख्या १५ पुगेको छ | गम्भीर घाइते हुनुभेकाको समेत अवस्था चिन्ताजनक छ | यस दुर्घ*टनामा ज्यान गुमाउने मृतकहरु, पुअचारमा रहनुभएका घितेहरु प्रति सिंगो बडिगाड गाँउपालिका वडा न. ०७, को परिवार अत्यन्तै मर्माहत एबम दुखित छ | यस दुखद घडीमा मृतक आत्माहरु प्रति भावपूर्ण श्रदान्जली अर्पर्ण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समाबेदना व्यक्त गर्दछौ | साथै घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार कार्यक्रमामा संलग्न प्रहरी, जनप्रतिनिधि, राजनीतिकर्मी,समाजसेवी, पत्रकार तथा स्थानीय वासिन्दाहरु सबैमा बडा न. ७ न. वडाकार्यालय  आभार तथा धन्यावाद प्रकट गर्दछ | साथै यसै शोक बक्तव्य मार्फत सबैलाई अनुरोध छ कि हतार र कष्ठपूर्ण यात्राले मानवीय क्षेती निम्त्याउछ | त्यसैले सुरक्षित र भरपर्दो, गाडीको क्षमता बमोजिमको यात्रु तथा ट्राफिक नियमको पालना सहितको यात्रा गर्न ७ न. वडा कार्यालय सम्पूर्णमा अनुरोध गर्दछ |

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित