रिडी – रुद्रवेणीको बुढो सडक लापरवाहीले थला पर्दै,जनप्रतिनिधिका प्रतिबद्धताहरु गए खेर !!

रिडी – रुद्रवेणीको बुढो सडक लापरवाहीले थला पर्दै,जनप्रतिनिधिका प्रतिबद्धताहरु गए खेर !!

Badigad Online
6 Min Read

अनिश शर्मा गैरे, गुल्मी – गुल्मी जिल्लाकै लाइफलाइन मानिने देशकै व्यस्त मध्येको ग्रामिण सडक रिडी – रुद्रवेणी – वामीटक्सार सडक खनिएको ४० बर्ष पुग्नै लाग्दा समेत हेला हुन छोडेको छैन । धेरै पटकका निर्वाचित जनप्रतिनिधिका प्रतिबद्धताहरु खेर गएका छन् ।सरकारको सुस्तता र ठेकेदार कम्पनीको लापरवाहीका कारण सडकको मुहार त फेरीन सकेको छैन नै, सडक प्रभावित जनताहरुको जीवनस्तर पनि सहज हुन सकेको छैन् । रीडिदेखी वामीटक्सार सम्मको सडकको कुल क्षेत्रफल जम्मा जम्मी ४६ किलोमिटर हो । जसमध्ये अधिकांश सडक ग्राभेल भइसकेको छ । भने १५ किलोमिटर कालोपत्रे पनि भइसकेको छ । तर ग्राभेल गरेको सडक भत्किएर पुरानै अवस्थामा फर्किएको छ । गाडी गुड्दा हुने धुलोले वरीपरी कोही कसैलाइ देख्न र चिन्न नसकिने अवस्था सिर्जना हुन्छ ।यो सडक र रीडि – तम्घास सडक एकै बर्ष २०३८ मा खनिएका हुन् । सदरमुकाम तम्घास जोड्ने सडक पुर्ण रुपमा कालोपत्रे भएको बर्षै भइसक्यो । तर यो सडक भने हेला हुन छोडेको छैन । यस क्षेत्रका सांसदहरुले हरेक चुनावमा प्रतिबद्धता ब्यक्त गर्दछन् कि सडक हामी निर्वाचित भएको दुइ बर्षमा कालोपत्रे भइसक्छ भनेर । चुनाव सम्पन्न भएको दुइ बर्ष पुगीसकेको अवस्थामा अझै पनि दुइ बर्षमा पिच हुन्छ भनेर भन्न छोडिएको छैन । यो परम्परा धेरै पहिलेबाट चलिआएको हो । यस अघि निर्वाचित जनप्रतिनिधिहरुले चलाएको चलनलाइ अहिलेका नेता सांसदहरुले पनि पच्छाउन छोडेका छैनन् ।

ठेक्कै धेरै, काम थोरै
४६ किलोमिटर सडक निर्माण गर्नको निम्ती ५ भन्दा बढी ब्यक्तिहरुले ठेक्का सम्झौता गरेका छन् । रुद्रवेणी लुम्दीखोला सम्मको सडक कालोपत्रे गर्ने सम्मको काम सन्तोष भुषाललाइ जिम्मा दिइएको थियो । २०७६ असार मसान्त सम्म सम्पन्न भइसक्नुपर्ने काम हालसम्म पनि पुर्ण हुन सकेको छैन् । हाल ठेकेदारले कटिङ्ग, ग्राभेल र जाली लगाउने मात्र काम सम्पन्न गरेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । त्यसैगरी लुम्दीखोला देखी नादेवा खोला सम्मको १७ सय मिटर सडक ग्राभेल गर्ने कामको जिम्मा बहादुर लामाले लिए । उनले पनि त्यो काम पछि भरत पोखरेललाइ सुम्पिए । करिब २ करोड बराबरको ठेक्का सम्झौता भएको सो सडक निर्माणको जिम्मा पाएका पोखरेलले प्रतिवेदन तथा कागजपत्र पुरा नगरेको कारण भुक्तानी पनि हुन पाएको थिएन् ।त्यसपछि उनी बिचमा सम्पर्क विहिन भएको सत्यवति गाँउपालिका अध्यक्ष पाराश्वर ढकालले जानकारीदिए । रकम पनि पुरा भुक्तानी नभएको र काम पनि पुरा नभएको उनको भनाइ छ । सो क्षेत्रको सडक निर्माणको निम्ती मदन भण्डारी राजमार्ग बाट सडक विभागमा प्रक्रिया पुग्यो । त्यहाबाट पनि लेखा हुँदै सचिब सम्म पुगेर अहिले काम सुरु हुने आशा पलाएको गाँउपालिका अध्यक्ष ढकालले बताए ।नादेया देखी शाहघाट हुँदै चोरकाटे सम्मको सडकको काम गर्ने जिम्मा इलाइट कम्पनीका सुरेन्द्र लम्सालले लिएका थिए । दुइ प्याकेजमा गरी करिब २५ करोडको ठेक्का पाएका लम्सालले सो क्षेत्रमा करिब १० किमी सडक पिच सम्पन्न गरेका छन् तर खैरेनी क्षेत्रमा बाइपास बनाउने काम एक दशक देखी विवादमा छ । त्यो क्षेत्रमा कसले काम गर्ने भन्ने बिषयनै अन्यौल रहेको कारण काम हुन सकेको छैन । सडकको सबैभन्दा ठुलो समस्या उल्लीखोलामा छ । ठुलो क्षेत्रमा कालो माटो र बालुवा भएको कारण त्यस क्षेत्रमा निकै समस्या भइरहेको छ । प्रकृतिले नै साथ नदिएको कारण त्यस क्षेत्रमा थप काम हुन नसकेको सरोकारवाला बताउँछन् । त्यसयता चोरकाटे देखी चिउरेनी भिर सम्म गजुरमुखी कम्पनीले पिच गर्ने गरी जिम्मा लिएको हो । त्यहा भने हाल काम भइरहेको छ । तर चिउरेनी भिरमा भने काम भएको छैन । निकै कठिन भीर भएको कारण त्यहा काम हुन नसकेको हो । त्यसपछि मुसिकोट नगरपालिकाको तल्लाफाँट सम्मको सात किमी सडकको काम गर्ने जिम्मा पनि गजुरमुखीले लिएको हो । त्यस क्षेत्रमा पनि पुर्ण काम हुन सकेको छैन ।तल्लाफाँट देखी वामीटक्सार हुँदै दरमखोला सम्मको १६ किमी सडकको ग्राभेलको जिम्मा ऋषि अधिकारी र भागवत गीरीले लिएका हुन् । उनीहरुले २० किमी काम गर्नै ठेक्का पाएका छन् । तर सडक भने १६ किमी मात्रै छ । जसले गर्दा पनि समस्या भइरहेको छ । सम्पुर्ण सडक ग्राभेल भइसकेको दुइ बर्ष हुन लागेको छ । तर त्यसपछिको काम गर्न ठेकेदारले भुक्तानी पाएको छैन । गत बर्ष कार्तिकमै ठेकेदारले काम सम्पन्न गरी प्रतिवेदन बुझाउनु पर्नेमा बुझाएन् । पछि प्रदेश वा संघीय सरकार कसले सडकको जिम्मा लिने भन्ने बिषयको टुँगो नलागेको कारण पनि भुक्तानीमा समस्या भयो । जसले गर्दा काम ठप्प छ । ४६ किमी सडकमा कतै पिच भएको छ । कतै ग्राभेल त कतै कच्ची अवस्थामै सडक छ । भएको पिच र ग्राभेल पनि धेरै ठाँउमा बिग्रिएका छन् । कसैले आधा काम गरेका छोडेका छन् । कसैले काम गरेर प्रतिवेदन बुझाउन सकेका छैनन् । जसका कारण सरकारले भुक्तानी दिएको छैन । त्यसैले सडकको थप स्तरोन्नतीको लागि टेन्डर खुल्न पनि सकेको छैन ।

जनप्रतिनिधिहरु जुटे ।
यसैबिच सो सडकको काम सम्पन्न गर्न दवाव दिने उद्धेश्यका साथ तीन स्थानीय सरकारले प्रदेश सरकार समक्ष पुगेका छन् । मुसिकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका र सत्यवति गाँउपालिकाका प्रमुखहरु आइतवार प्रदेश अन्तर्गतका विभिन्न निकायहरुमा पुगेका हुन् । ‘रीडिदेखी वामीटक्सार दरमखोला सम्मको सम्पुर्ण सडक क्लिएर गर्न माग गर्याे, अझ केही निकायमा पुग्छौ’ सत्यवति गाँउपालिकाले अध्यक्ष पारीश्वर ढकालले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित