बाग्लुङ क्षेत्रको मध्यपहाडी लोकमार्गको ठेकेदारलाई कारबाही गरेसंगै अब काम हुने भयो तिब्र!

बाग्लुङ क्षेत्रको मध्यपहाडी लोकमार्गको ठेकेदारलाई कारबाही गरेसंगै अब काम हुने भयो तिब्र!

Badigad Online
1 Min Read

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा बनेको सरकारले राष्ट्रिय गौरवको आयोजनालाई बिशेष महत्तो दिदै निर्माणाधिन आयोजनाको कडा निगरानी गर्न थालेसंगै बाग्लुङ-बिहुपोखरी घोदाबाँधेसम्मको खण्ड पुष्पलाल लोकमार्गा तिब्र गतिका साथ निर्माण हुने भएको छ |  करिब तिन वर्ष अघि देखि निर्माण कार्य रोकिएको उक्त स्थानमा तिन वटै तहका सरकारले बिशेष चासो दिएपछि निर्माणले तिब्रता पाउने भएको हो | बिगत तिन वर्ष अघि सुर्य कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएर निर्माण कार्य शुरु गरेता पनि लक्ष्य अनुसारको काम भएको थिएन | सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखी कारवाही गर्न थालेसंगै उक्त आयोजनाको समेत चासोको बिषय बनेको हो |

सिंहदरवारमा बुधवार जनप्रतिनिधि, सम्बंधित निकाय, निर्माण गर्ने कम्पनिसहितको छलफलले निर्माण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ | निर्माणको समयमा केहि आन्तरिक समस्या भए तिनवटै तहका सरकारले समाधान गर्ने तर निर्माण कार्य भने कुनैपनि हालतमा अबका दिनमा रोकिन नहुनेमा जोड दिइएको छ | आगामि दिनमा उक्त सडक कुनैपनि तवरमा अस्तव्यस्थ हुन नदिनेमा सबैको सहमति भएको छ |

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित