बुधवार सिंहदरवारमा जनप्रतिनिधि, सम्बंधित निकाय, निर्माण गर्ने कम्पनिसहितको छलफलमा कन्ट्रक्सनका प्रमुख डा. सुर्य बहादुर खड्काले आयोजनामा सीमांकनको समस्या,समयमा बजेट व्यवस्थापन नहुन, सम्बन्धित निकायासंग समन्वयको कमि लगायतका कारणले निर्माण प्रक्रिया ढिलाई हुन पुगेको गुनासो व्यक्त गर्नुभयो | उहाले आजदेखिनै निर्माण कार्यलाई तिब्रता दिने र समस्या समाधानको लागि सम्बन्धित निकायले बिशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो |
सांसद मनकुमारी जी.सी को बिशेष पहलमा भएको उक्त स्थानमा लोकमार्गको लागि ३८ करोड रकमको बजेटमा शुरु भएको उक्त आयोजनामा हालसम्म करिव ६२% निर्माण कार्य सम्पन्न भइसकेको प्रमुख खड्काले जानकारी दिनुभयो | अब करिव १७ करोडको काम बाकि रहेको जानकारी गराउदै उहाले आगामी साउन मसान्तसम्म म्याद थप गर्न प्रक्रिया अगाडी बढाएको जानकारी गराउदै उक्त म्याद भित्रमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्दता जनाउनुभयो | उहाले बाकि रहेको काम गरेको प्रगतिको आधारमा हरेक १० प्रतिशत प्रगति हुदा भुक्तानी पाएको अवस्थामा आफुले कामगर्न सक्ने बताउनुभयो | केहि दिनमा झन्डै ५० जना भन्दा बढी कामदारहरु र केहि मानिसहरु सहित फिल्डमा कामको लागि कामदारहरु पठाउने तयारि समेत भएको उहाले बताउनुभयो |