मेष राशि (चू चे चो ला ली लु ले लो अ) – यस राशिवाला व्याक्ति चंचल नेत्रयुक्त, प्राय : रोगि, धर्म र घन दुवैको मुल्यांकन गर्ने, क्रितंघ, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरुलाई आनन्दित पार्ने, दानी जलदेखी भयभित हुने, कठोर कार्य गर्ने तर अन्त्यमा बिनम्र स्वाभावको हुन्छ | त्यसैगरी गोला र चम्किला आखा भएको, बढी तातो खाने, सागपात मन पराउने, अल्पाहारी, छिट्टै खुसि हुने, भ्रमंशील, कामुक, कमजोर घुडाँयुक्त, सेवाकार्य जान्ने, शिरमा चोटको निशानयुक्त, स्वाभिमानी र अत्यन्त चंचल स्वाभावको हुन्छ | त्यस्तै पुत्रवान, तेजस्व, परोपकारी, उत्तम कार्यसक्त, सुशील, देशभक्त, गुरुभक्त, कामबाट बिचलित हुने, प्राय : उदाररोगी र स्वतन्त्र व्यावासायावट उन्नति गर्ने हुन्छ | यस राशिवालाले कर्कट, सिंह, बृचिक, धनु र मिन राशिवाला व्याक्तिसंग व्यावसाय गर्दा लाभ होला |
यस राशिका व्याक्तिलाई मंगलवार शुभ र बुधवार अशुभ हुन्छ | लाल कितावमा यस राशिका व्याक्तिहरुलाई यी उपाय गरे लाभादायक हुने भनिएको छ – कसैसंग कुनै बस्तु सित्तैमा नलिनु, हात्तिको दाँतबाटबनेका बस्तुहरु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औठी लगाउनु, साधुसन्त,गुरु र आमाको सेवा गर्नु, मिठाइ र गुलियो पदार्थको व्यापार नगर्नु, निमको वृक्ष आगनमा नलगाउनु, सदाचारको पालना गन्रु सुत्ने बेलामा सिरानमाथि एक गिलास पानि राख्नु र त्यसलाई बिहान कुनै गमलामा हाल्नु, बहिनी,छोरी र फुपुलाई मिठाइ दिनु र सहयोग गर्नाले राम्रो हुन्छ |