पहिलो पटक गाँउमा बस पुग्दा स्थानीयहरु हर्षित

पहिलो पटक गाँउमा बस पुग्दा स्थानीयहरु हर्षित

Badigad Online
2 Min Read

कौरव खत्री, गुल्मी – बागलुङको गलकोट नगरपालिका ३ को एक गाँउमा पहिलो पटक बस पुगेपछि स्थानीयहरुमा खुसीयाली छाएको छ । मोटरबाटोको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले मोटर बाटो विस्तारले यस क्षेत्रका जनता विद्यार्थीमा सहजता ल्याउनुका साथै कृषी उपजले समेत बजारिकरण पाउने बताए । त्यस्तै नगर प्रमुख गैरेले यस मोटरबाटो लाई दिगो बनाउन निरन्तर सहयोग गर्नै प्रतिबद्धता समेत व्यक्क्त गरेका छन् ।

साथै सोही अवसरमा नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले गाँउमा बस पुगेपछि स्थानीयहरुको उत्पादनले अव बजार पाउने हुदा भौतिक पूर्वाधारको विकाससँगै मानिसहरुमा चेतनाको विकासमा ध्यानदिनु पर्ने बताए । त्यस्तै वडाअध्यक्ष भण्डारीले पछिल्लो समयमा गाँउमा तिव्र बसाई सराइले गाँउ रित्तो हुने अवस्था आउन थालेपछि गाँउमै बस्ने वातावरण सिर्जना गर्न तर्फ वडा लागेको बताए । त्यस्तै वडा सदस्य बेल बहादुर बोहोरा लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै बोहोराफाट भुल्केपानी घट्टेखोला मोटरवाटो निर्माणका लागि गलकोट नगरपालिकाको आठ लाख आर्थिक सहयोग र खर्च तर्फ दश लाख चौविस हजार, नौ सय बराबरको आर्थिक खर्चको प्रतिवेदन योजनाका सचिव कुल बहादुर बोहोराले प्रस्तुत गरेका थिए । क्मरेपानी, बोहोराफाट,भुल्केपानी घट्टेखोला मोटरवाटो निर्माण पछी सविकको वडा नम्वर एकको लमई र वडा नम्वर दुईको बोहोरा फाँट गाँउ सडक सञ्जालले जोडिएको छ ।

सडक सञ्जालले जोडिए संगै दुई गाँउ बिचको सम्बन्ध नजिक हुनुका साथै आवजजावजमा सहजता पुराएको छ । कार्यक्रम बोहोराफाट भुल्केपानी घट्टेखोला मोटरवाटो योजनाका सचिव कुल बहादुर बोहोराको अध्यक्षता तथा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी युवा विर बहादुर बोहोराको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने टोल विकास समिति तल्लो लमईका अध्यक्ष तारा बहादुर अधिकारीले गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित