अनिष शर्मा गैरे, गुल्मी – गत मँसिर १७ गते बाग्लुङ बडिगाड गाउँपालिका वडा न. ०७, घोपर्नामा भएको दुर्घटनामा १५ जनाको घट्ना स्थलमा नै निधन भएको थियो । भने १ जनाको उपचारको क्रममा शनिवार निधन भएको हो । दुर्घटनामा घाइते भएकी २४ बर्षीया निमा केसीको उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा केसीसहित चार बर्षीय हिमाल कार्की र १८ बर्षीय जीवन कार्कीको काठमाडौंमा उपचार भइरहेको थियो । घाइते मध्ये गम्भिर अवस्थामा रहेकी केसीको शनिबार निधन भएको हो ।
घाइतेहरुलाइ उद्धार गरी उक्त दिन नेपाली आर्मीको हेलिकप्टर मार्फत काठमाण्डौ शिक्षण अस्पताल पुर्याइएको थियो । अन्य दुइ जनाको उपचार भइरहेको छ । कुलपुजाको लागि इस्मा गाँउपालिका ४ पैयाँपाटादेखि बागलुङको निसिखोला गाउँपालका २ देविस्थान बायोखोला जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप बडिगाड ७ घोपर्नामा दुर्घटनामा परेको थियो ।