जीवन पाण्डे, बाग्लुङ्ग – लागू औषध बिरुद्दको अभियान अन्तर्गत ५ के.जि तौल बरावरको लागु औषध चरेस सहित २ जना पक्राउ परेका छन। बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका वडा न. ०६, सीप रेनुवाङ बस्ने भागिमलाको घरमा चरेस भएको सुचना थाहा पाएपछी प्रहरिले गोप्य रुपमा अनुसन्धान गरिराखेको थियो ।
चरेस भएको घरको गोप्य सुचना पाएपछी इलाका प्रहरी कार्यलय बुर्तिवाङले उक्त स्थानमा अनुसन्धानका लागी प्रहरी खटाएको हो ।
खटिएका प्रहरिले ३० बर्षिय भगिमला र २५ बर्षिय राम बहादुर राउत लाई पक्राउ गरेका हुन । अन्यत्र बाट ल्याउने र घरम लिएर खुलेआम बेच्दै गरेको अवस्थामा उनिहरुलाइ प्रहरिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी झबिन्द्र भट्टराइले बडिगाड अनलाइनलाइ जानकारी गराउनुभयो । उनिहरु अहिले जिल्ला प्रहरी कार्यलयमा रहेको र कानुनी प्रक्रिया अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको भट्टराइले बताउनु भयो ।