४ करोड बेरुजु सत्य नभएको मुनपाको दावी, भन्यो, ‘हामीले गलत काम गरेका छैनौ’

४ करोड बेरुजु सत्य नभएको मुनपाको दावी, भन्यो, ‘हामीले गलत काम गरेका छैनौ’

Badigad Online
2 Min Read

अनिश शर्मा गैरे, गुल्मी २४ मँसिर – मुसिकोट नगरपालिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकामा बेरुजुको समस्या नरहेको बताएको छ । नागरिक सञ्जाल गुल्मीले सार्वजनिक गरेको रिपोर्ट र समाचार तथा मिडियाहरुमा आएका टिकाटिप्पणीले नगरपालिकाको ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको छ । नागरिक सञ्जाल गुल्मीले सोमबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा मुसिकोट नगरपालिकाको बेरुजु ४ करोड ३४ लाख १ हजार ४ सय २० भएको बताएको थियो ।

तर नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले त्यसखालको बुरुजुको समस्या नगरपालिकामा नरहेको र प्रतिवेदनमा देखिएको बेरुजु फस्र्याैट भइसकेको बताए । यसरी देखिएको बेरुजु मध्ये २ करोड ७५ लाख ७२ हजार सामाजिक सुरक्षा भत्ता वितरणको निम्ती दिइएको पेश्की भएको बताइएको छ। न्गरपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता रकम तेश्रो किस्ताको निम्ती अपुग भएको र रकमको अख्तियारी भने आर्थिक बर्षको अन्तिममा मात्र आएको कारण असार मसान्तमा हिसाव बुझाउन नसकेको कारण बेरुजु देखिएको बताए । त्यसैगरी ९८ लाख ५९ हजार रुपैया योजना सञ्चालनको निम्ती पेश्की दिइएको र सो बेरुजु स्वभाविक प्रकारको बेरुजु भएको नगरप्रमुख सापकोटाले बताए ।

त्यस्तै ५२ लाख ९१ हजार रुपैया लेखा परीक्षण गर्ने समयमा प्रमाण पेश गर्न नपाएको कारण देखा परेको र सो रकमको हाल सम्परीक्षण भइसकेको उनले बताए । र बाँकी ६ लाख ७८ हजार रुपैया बेरुजु पनि असुल गरीसकीएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख सोमनाथ सापकोटाद्धारा जारी गरिएको प्रेस बिज्ञप्तीमा अधिकांश वेरुजु रकम फस्र्याैट भइसकेको र बाँकी रहेको बेरुजु चालु आर्थिक बर्षको लेखापरीक्षणको समयमा रुजु हुने बताइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित