बडिगाड वडा न. ०७ मा समाजमा विद्यमान महिला तथा पुरुष हिंसा नगर्न व्यानरमा हस्ताक्षर

बडिगाड वडा न. ०७ मा समाजमा विद्यमान महिला तथा पुरुष हिंसा नगर्न व्यानरमा हस्ताक्षर

Badigad Online
3 Min Read

जीवन पाण्डे, बडिगाड बाग्लुङ्ग – समानताको पुस्ता बलत्कार विरुद्ध एक्कबद्दत्ता भन्ने मुल नाराका साथ बडिगाड गाउँपालिका वडा न. ७ को वडा कार्यलयको आयोजनामा लैङ्गिक हिंसा विरूद्दको १६ दिने अभियान(२०७६ को कार्यक्रम भएको छ । उक्त कार्यक्रममा उपस्थित सबैले लैङ्गिक हिंसा बिरुद्धको प्रतिबद्दत्ता सहितको व्यानरमा हस्ताक्षर गर्दै कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम वडा सचिव नरविर पर्तेलको संचालन गर्नुभएको हो । सोहि वडा अध्यक्षको अध्यक्षत्ता रहेको कार्यक्रममा महिला अधिकारकर्मि, जन प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संचारकर्मी तथा बिधार्थि सहित करिव १०० जनाको उपस्थिति रहेको थियो ।

एकजनाले मात्र मन्तव्त दिएको उक्त कार्यक्रममा अध्यक्ष कृष्ण गुरुङले, “महिला हिंसा भनेको सामाजिक, आर्थिक, शारिरिक, मानसिक तथा सांस्कृतिक रुपमा गरिने अमानविय, अपाच्य अनैतिक एवंम अबैधानिक कृयाकलापहरु लगायत आम संचारमा समेटिएका बलत्कार, बोक्सी, अपहरण र दाईजोको नाममा हुने कुटपिटका दृष्टान्तहरु साथै ईच्छा आकाङ्क्षा आदि भावना व्यक्त गर्न नपाई आफु आफैमा छेकियर मनको रोदन र पीडा बाट निस्किएको आसुले हर रात सिरानि भिजाउँदै लाखौं रात काट्ने महिलाहरुको दर्दानक कहानि लाग्दो अबस्था हो ।” उनले भने, ‘आजको २१ औं शताब्दिमा सुन्दर, शान्त र खुसियालि समाज सहितको राष्ट्र निर्माणका महिला हिंसा तगारो बनेको छ । आज देशमा स्थिर सरकार हुँदा समेत महिला हिंसाको अन्त्य नहुनु र हिंसाको चपेटामा परेकाहरुले न्याय नपाउनु अत्यन्तै दुस्खद विषय बनेको छ ।”आफु पनि जनप्रतिनिधि भएको स्मरण गर्दै गुरुङले सम्पूर्ण महिला दिदीबहिनी तथा सरकारवाला ब्यक्तित्वहरु सँग हातमा हात काँधमा काँध मिलाएर महिला हिंसा र लैङ्गिक समानताको लागि अगाडि बढ्ने बताउनु भयो, उनले महिला हिंसा अन्त्य गर्नका लागि समाजमा बिद्यमान पुरुष हिंसाको समेत अन्त्य गरिनु पर्ने बताएका छन । समाजमा महिला पुरुष बाट मात्र नभई महिला महिला बाट समेत शोषण र दमनमा परेको उनले बताए ।

अबको समृद्ध राष्ट्र निर्माणको लागि लैङ्गिक समानता बिना असम्भव रहेको बताउँदै पुरुष र महिला एक रथका दुई पाङ्ग्रा जस्तो सम्बन्ध कायम गरि अगाडि बढ्नु पर्ने छ। अन्त्यमा उनले महिला हिंसा बिरुद्धको प्रतिबद्दत्ता व्यानरमा हस्ताक्षर गर्न उपस्थित हुनुभएका सम्पूर्ण महिला अधिकारकर्मि, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी एवंम उपस्थित बिधार्थिहरुलाई वडा कार्यालयको तर्फदेखि विशेष धन्यवाद तथा आभार प्रकट गरेका हुन र आगामि दिनहरुमा वडा कार्यालय बाट समेत महिला हिंसा न्युनिकरण र लैङ्गिक समानताको लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने कुरा राख्दै कार्यक्रमको समापन गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित