अनिश शर्मा गैरे, गुल्मी २५ मँसिर मुसिकोट नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को मलेप प्रतिबेदनमा ४ करोड ३४ लाख रुपैया बेरुजुको देखिएको प्रति नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै काँग्रेसले नगरपालिकामा जथाभावी तवरले मनपरी खर्च हुँदा सिँगो नगरपालिकाको राष्ट्रिय बदनामी भएको बताएको हो । छाँया सरकार प्रमुख झविलाल भण्डारी र नगर सभापति सुदर्शन शाक्यद्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा करिब साढे ४ करोड रुपैया बराबरको बेरुजुले नगरपालिका भित्र चरम आर्थिक अनियमितता, अपारदर्शिता र भ्रष्टाचार कायम छ भन्ने तथ्यलाई उजागर गरेका आरोप लगाएको छ ।
काँग्रेसले यस अघि पनि पटक पटक नगरपालिकाका आर्थिक अनियमितता भएको भन्दै सवाल उठाइरहेको अवस्थामा हालको मलेप प्रतिवेदनले त्यसलाइ प्रमाणित गरेको काँग्रेसको आरोप छ ।
त्यसैगरी काँग्रेसले राजनितिक रुपले पक्षपातपूर्ण व्यवाहारले नगर भित्रका जनताहरु आफुले पाउने सेवा सुबिधाबाट बन्चित रहेको, करले आजित बनेको आरोप लगाउँदा यस प्रकारका गल्तीहरु नसच्चिएमा कडा आन्दोलन गर्ने काँग्रेस नगर सचिव मोहन घिमिरेले बताए ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा मुसिकोट नगरपालिकाको बेरुजु ४ करोड ३४ लाख १ हजार ४ सय २० थियो । तर नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले त्यसखालको बुरुजु फस्र्याैट भइसकेको बताए । सबै रकम नियमानुसार फस्र्याेट भएको र नगरपालिकाले कुनै पनि अनियमितता नगरेको उनको भनाइ छ । उनले नगरपालिकाका बिषयमा सामाजिक सञ्जालमा आएका टिकाटीप्पणी प्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।