सार्वजनिक शिक्षामा लगानीको अनुपातमा शैक्षिक गुणस्तर कायम हुन नसकेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि गुरुङको भनाई ।।

सार्वजनिक शिक्षामा लगानीको अनुपातमा शैक्षिक गुणस्तर कायम हुन नसकेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि गुरुङको भनाई ।।

Badigad Online
3 Min Read

 

कमल पौडेल,गल्कोट (रिघा) – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सार्वजनिक शिक्षामा सरकारको लागानीको अनुपातमा शैक्षिक गुणस्तर कायम हुन नसकेको बताउनु भएको छ। रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका वडा नं. ११ को हिरक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षामा राज्यले ठूलो लगानी गरेको तर गुणस्तर वृद्धि हुन नसकेको बताउनु भएको हो। निजि क्षेत्रलाई गाली मात्रै गरेर सरकारी शिक्षा सुदृढ नहुने भन्दै मन्त्रि गुरुङले प्रधानाध्यापक, शिक्षक, विद्यालयका समिति तथा अभिभावक जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ। मन्त्री गुरुङले गण्डकी प्रदेश शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगाएतको आधारभुत विकासको लागि आवधिक योजना बनाएर लागेको भन्दै २ वर्ष भित्र आधारभुत समस्या समाधान गर्ने ठोकुवा गर्नुभयो। विद्यालयको भौतिक पूर्वाधार विकासको लागी प्रदेश तथा स्थानिय सरकार तयार रहेको भन्दै गुणस्तर वृद्धिमा लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ। राम्रा शिक्षकलाई पुरस्कृत गर्ने र राम्रो नगर्नेका विषयमा सोच्ने वेला आएको भन्दै मन्त्रि गुरुङले शिक्षकलाई पेशामा दृढ रहन आग्रह गर्दै राजनिति नगर्न सुझाउनुभएको छ।

सो क्रममा मन्त्री गुरुङले हिरक स्मारक र विद्यालयका संस्थापक तथा वरिष्ठ चन्दादाता स्वर्गिय मोति प्रसाद श्रीस मगरको अर्धकदको शालिक अनावरण गर्नुभएको छ। सो उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्यहरु चन्द्र बहादुर बुढा सागर, खिम विक्रम शाही, कमला विश्वकर्माले इमान्दार पूर्वक आफुहरुले काम गरिरहेको भन्दै देशले विकासको गति लिएको बताउनु भएको थियो। त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावति शर्मा, नेपाली काँग्रेसका बागलुङ जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्याय, गल्कोट ११ का वडा अध्यक्ष डम्बर श्रीस, गल्कोट नगरपालिकाका शिक्षा अधिकारी पदमराज शर्मा, गल्कोट माविका प्रधानाध्यापक देवेन्द्र खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उद्घाटन कार्यक्रम हिरक महोत्सव मुल समारोह समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, प्रधानाध्यापक तुल बहादुर श्रीस, विद्यार्थी भिमा काउचाको स्वागत मन्तव्य तथा शिक्षक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। विद्यालयको भौतिक तथा शैक्षिक स्तरवृद्धिको लागी हिरक महोत्सवको अवसरमा झण्डै २ करोड सहयोग वोल भएको विद्यालयका प्रधानाध्यापक तुल बहादुर श्रीसले जानकारी दिनुभएको छ। सो अवसरमा स्वर्गिय मोतिप्रसाद श्रीसको स्मृतिमा छोराहरुले ११ लाख ६१ रुपैया सहयोग गर्नुभएको छ। कार्यक्रममा मयुर नाच, सोरठी नाच, भजन, भैलो, पञ्चैवाजा लगायतको प्रस्तुती रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुको विविध नृत्य, मार्चपास, पिटि प्रदर्शन लगाएतका प्रतिभा प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहयोगदाता, अतिथि, लगाएतलाई सम्मान गरिएको थियो। ५ दिन सम्म चल्ने कार्यक्रममा खुल्ला फुटवल, विद्यालय स्तरीय भलिवल, विविध साँस्कृतिक कार्यक्रम लगाएत राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने विद्यालयले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित