सहकारीहरु उद्यममा किन जोडिनुपर्ने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष गौतमको यस्तो भनाइ ।।

सहकारीहरु उद्यममा किन जोडिनुपर्ने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष गौतमको यस्तो भनाइ ।।

Badigad Online
2 Min Read

कमल पौडेल,बडिगाड, बागलुङ – जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु उद्यममा जोडिनुपर्ने बताउनु भएको छ। दिदि बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङको नवौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गौतमले सहकारी साहुकारी हुन नहुने बताउनु भएको छ। राज्यले निर्दिष्ट गरेको निति नियमको सहि किसिमले पालना गर्नुपर्ने भन्दै सहकारीहरु निति भन्दा वाहिर चल्न नसक्ने बताउनु भएको छ। सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश तथा स्थानिय ऐन हरुले निर्दिष्ट गरेको नियम अनुसार कुनै पनि सरकारी वेतनधारी सहकारीको सञ्चालक हुन नसक्ने, २ करोड भन्दा वढिको कारोवार गर्ने सहकारीको कर्मचारी सञ्चालकमा वस्न नहुने लगाएतको नियमको विषयमा जानकारी गराउनु भएको थियो। गौतमले सहकारी राज्यको तिनखम्बे अर्थ नितिकै एक हिस्सा भएको भन्दै राज्यसँग हातेमालो गरेर समृद्ध नेपालको निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुन सक्ने बताउनु भएको छ। बागलुङ पश्चिममै अव्बल सहकारीको रुपमा दिदि बहिनि सहकारीले काम गरेको भन्दै आय आर्जनमा जोडिन शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ढालेन्द्र शेरचन, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वडा नं. २ अध्यक्ष खगिश्वर अर्याल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका सचिव माया केसि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष देउमाया रानाले झण्डै ३ करोड वरावरको आर्थिक प्रतिवेदन, सचिव विना थापाले भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो कार्यक्रम अध्यक्ष विष्णु अर्यालको अध्यक्षता, सहसचिव गिता पोखरेलको स्वागत मन्तव्य तथा सचिव विना थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

२०६७ सालमा स्थापना भएकमो सहकारीमा ६ सय ७१ जना शेयर सदस्य, ४९ लाख २० हजार शेयर पुँजी, २ करोड १७ लाख ३८ हजार ५ सय ३७ निक्षेप तथा २ करोड ७८ लाख ४ सय १७ रुपैया कर्जा लगानी रहेको छ। सहकारीले नियमित वचत, वाल वचत, दैनिक वचत र पेन्सन वचत गरि ४ प्रकारका वचत परिचालन गर्दै आएको छ। सुत्केरी पोषण सुविधा, सदस्य सम्मान कार्यक्रम, मृत्यू राहत लगाएतका सामाजिक सुरक्षाको कार्यक्रम पनि संचालन गर्दै आएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित