नेपालको विभिन्न ठाउमा पानि र हिमपात भएसंगै जाडो पनि बढिरहेको छ | चिसो बढे संगै हाम्रो सरिरमा पनि विभिन्न परिवर्तन देखा पर्छन | चिसोको समयमा हामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेन भने हामी नराम्ररी बिरामी पर्न सकिन्छ | त्यसैले जाडो मौसममा हामीले व्यायाम र खानपानमा ध्यान दिन सकियो भने सरिरलाई पनि आराम मिल्छ | जाडो मौसममा खानपानमा ध्यान नदिनाले सरिरमा पानि र क्यालोरी कम हुन्छ | जसले गर्दा विभिन्न रोगले सताउन सक्छ |
चिसो मौसममा खानपानमा ध्यान नदिनाले सरिरमा धेरै नै असर पर्न सक्छ | धेरै मानिसहरुको बानि राति अबेरसम्म बस्ने र बिहान ढिला उठ्ने अनि एकै पटक खाना खाने बानीले शरिरमा असर गर्छ | त्यसैले बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ |
बिहान उठेर तातो पानि खाली पेटमा एक ग्लास प्युनुपर्छ जसले गर्दा पेट सम्बन्धिका रोगहरु निको हुन्छन भने ओठ मुख सुक्खा हुदैनन् | त्यति मात्र हैन चिसो मौसममा दाल तथा अन्य सुपमा पनि बिशेष जोड दिन पर्छ | हरियो सागपातले झन् महत्तोपूर्ण भूमिका खेल्ने गर्दछन | सागसब्जी संगै मुला, गाजर, काक्रो आदिको सलाद र टमाटरको अचारले पनि सरिरमा धेरै फाइदा पुग्छ |
त्यसैगरि राति सुत्नुभन्दा दुई तिन घण्टा अगाडिनै खान खानु पर्दछ जसले गर्दा पाचन प्रक्रिया बलियो बन्छ | सुत्नु अगाडी १ ग्लास तातो दुधमा अदुवा र बेसार मिसार खादा सरिरलाइ झन् फाइदा हुन्छ | तर पाइल्स भएका व्यक्तिले भने काचो अदुवा प्रयोग नगर्नुहोला | सरिरलाइ स्फुर्त राख्न बिहान सधै व्यायाम गर्नुपर्दछ र भिटामिनहरुमा पनि ध्यान दिन पर्दछ | खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।