रामकृस्ण कंडेल – वामीटक्सार मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले शैक्षिक उपलब्धी हॉसिल गर्नु बिधालयको महत्वपूर्ण कार्य भएकोले यो उपलब्धी हॉसिल गर्न सबै मिलेर अगाडी बढ्न आग्रह गर्नु भएको छ।मुसिकोट नगरपालिका वार्डनं९,ददल्कामा अवस्थित ददल्का मा वि ले आयोजना गरेको ५८औं बार्षिकोत्सब तथा अभिभाबक दिवशमा प्रमुख अतिथीको रूपमा मनतब्य राख्दै नगर प्रमुख सापकोटाले अरू जती सुकै कार्य गरेतापनि शैक्षिक उपलब्धीमा जोड दिन सकिएन भने बिधालय सहि ढंगबाट अगाडी बढेको मान्न नसकिने कुरा बताऊनु भएको छ।संबोधनको क्रममा प्रमुख अतिथी सापकोटाले बिधालयको लागि नगरपालिका बाट आगामी बर्ष हरूमा पनि सक्दो सहयोग गर्ने प्रतिबध्दता जनाऊनु भएको छ।
नगर पिताकै रूपमा परिचित नगरप्रमुख सापकोटाले यस बिधालयको सफलताको लागी आर्थिक,भौतिक,नैतिक सबै सहयोग उपलब्ध गराऊने बिश्वास समेत सबैमा दिलाऊनु भएकोले कार्यक्रमा उपस्थित अभिभाबक,बिधार्थी,शिक्षक हरूमा निकै उत्साह थपिएको थियो। कार्यक्रमका बिशेष अतिथी मुसिकोट नगरपालिका बिधान निर्माण समिति संयोजक तथा वार्डनं९का वार्ड अध्यक्ष नरेशराज खरेलले बार्षिकोत्सब कार्यक्रमको सफलताको कामना गर्दै बिधालय लाई हामी सबैको हो भन्ने भावना जगॉऊदै अगाडी बड्नु पर्ने कुरा बताऊनु भएको छ।संबोधनको क्रममा बिशेष अतिथी वडा अध्यक्ष खरेलले बिधालयको आर्थिक पक्ष लाई मजबुत गरॉऊदै शैक्षिक गुणस्तर कायम गर्नु पर्ने कुरामा सुझाब ब्यक्त गर्नु भयो।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शिक्षाप्रेमि ब्यक्तित्व गोपिकृस्ण खरेलले बिधालय लाई थिती,निती,बिधी सबै तरिकाले सन्चालन गर्न जरूरी रहेको आशय ब्यक्त गर्दै आफुले यस बिधालयको सफलताको लागि सक्दो सहयोग गर्ने बताऊनु भएको छ।कार्यक्रममा बिधालयका चन्दादाता तथा शिक्षा प्रेमी डिल्लिराज खरेलले बिधालयको सफलताको कामना गर्दै आफुले सक्दो सहयोग गर्दै आएको र भबिस्यमा पनि आबस्यक सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो।कार्यक्रममा जनजागृति मा बि कॉडेबासका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकिको बिशेष ऊपस्थिति रहेको थियो।
बिधालयका प्रधानाध्यापक बुध्दिमणी खरेलले हाल सम्मको बिधालयको समग्र आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो।प्रतिबेदनमा बिधालयको शैक्षिक अवस्थामा पनि आधुनिक कला कौशलताहरू प्रयोग गरिएको बताईएको छ।किताबी ज्ञानले मात्र बिधार्थी हरूको सबै पक्षको बिकास नहुने भएकोले क्याम्पसमा अतिरिक्त कृयाकलाप अन्तर्गत मनतब्य,हाजिरीजबाफ लगायतका कार्यक्रम हरू लाई जोड दिएको बताइएको छ।आर्थीक पक्ष लाई महत्व दिदै क्याम्पसले मितब्यीताको नीति लिएको देखिन्छ।यो बिधालय मा बिशेष गरेर मा बि तह सन्चालनार्थ देखिएको अभिभाबकको उत्साह र सहयोग अतुलनिय छ।स्थापना कालमा जनताहरू बाट भएका आर्थिक,भौतिक,जग्गा सहयोग लगायतका कुराहरूले यस क्षेत्रमा निकै चर्चा कमाएको थियो।गत बर्ष बिधालयको ४कोठे आकर्षक भवन निर्माण भई सकेको छ।
हाम्रो बिधालय सुन्दर र राम्रो बिधालयको अबधारणा लाई पक्षाऊदै अगाडि बढ्न लागेको बि ब्य स अध्यक्ष खड्ग बहादुर खत्रिको ले बताऊनु भयो। बिधालयका भुतपुर्ब शिक्षक कृस्णप्रसाद खरेल लाई बिधालयको तर्फ देखि बिशेष सम्मान गरिएको थियो। ५८औं बार्षिकोत्सब समारोहको अवसरमा बधालयले अन्तरसदनात्मक बिबिध कार्यक्रम हरू आयोजना गरी बिधार्थी हरूको क्षमता प्रस्फुटन गराउने प्रयास गरिएको,कार्यक्रमको बिशेष आकर्षणको रूपमा रहेको रेकर्ड डान्स प्रतियोगिता लाई दर्शक हरूले निकै मन पराएको र ६समुहले आफ्नो प्रस्तुति राखेको सॉस्कृतिक संयोजक शिक्षक गोबिन्द बि सि ले बताऊनु भयो। शिक्षक सरस्वती चालिसे,बिधार्थी हरू क्रमश माधब खरेल र पृयंका परियारले स्वागत मन्तब्य, शिक्षक कालिदाश खरेल र शिक्षक गोबिन्द बि सि को संयुक्त सन्चालन,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष खड्ग बहादुर खत्रिको अध्यक्षता रहेको थियो।