मध्यरातमा सामुदायिक स्वास्थ्य इकाइ तोडफोड तथा चोरी !!

मध्यरातमा सामुदायिक स्वास्थ्य इकाइ तोडफोड तथा चोरी !!

Badigad Online
2 Min Read

जीवन पाण्डे, बाग्लुङ – बडिगाड गाउँपालिका – १० आरुपाटामा अवस्थित दर्लिङ्ग सामुदायिक स्वास्थ्य स्वास्थ्य इकाइ तोडफोड हुनुका साथै त्यहा रहेका अत्यावश्यक सामाग्री चोरी भएको छ । स्वास्थ्य एकाइमा रहेका मेडिकल औजार तथा औषधि चोरी भएको हो । अज्ञात समुहद्वारा बुधबार राती सो घटना भएको हो । बिहिबार बिहान सोही स्थान भइ हिडेका एक बटुवाले स्वास्थ्य इकाइको अवस्था आश्चर्यजनक देखेपछी स्थानिय चुरा बहादुर दमाइलाइ जानकारी गराएका थिए ।

सामुदायिक स्वास्थ्य इकाइको भवनको पछाडी पट्टिबाट भित्तो फोरेर त्यहा भएका सामाग्री चोरिएको छ । सो घटना हुदा भवन नजिकै घर भएका चुरा बहादुरले आवाज समेत नसुनेको बताएका छन । चुरा बहादुरको आफ्नै घरको छानाका ढुङ्गाहरु पनि बाहिर फ्याँकिएको छ । बिजुली को बल्ब समेत नछोडेको चोरले स्वास्थ इकाइमा रहेका प्रेसर नाप्ने, तौल नाप्ने मेसिन, सुइ, कैँची, ड्रेसिङ सेट, सुचर सिट, कण्डम, यु.पि.टि कीट बकस, मल्टी प्लक, थर्ममिटर लगायत कपास समेत चोरी गरेको छ भने दराजको लक फोरि तोडफोड गरेको दर्लिङ्ग स्वास्थ्य चौकी प्रमुख डिलु के.सि ले बडिगाड अनलाइनलाइ जानकारी दिनुभएको छ । “चोरले त्यहा रहेका सिटामोल लगायतका अन्य औषधीलाइ छरपस्ट फ्याँकेर किचिएको छ ।” उहाले बताउनुभयो ।

घटनास्थलमा प्रहरी बिहिबार बिहान करिव ११:३० बजे पुगेको हो । अहिलेको समयमा पनि यस्तो आश्चर्यजनक घटनाले प्रहरिको ध्यानाकर्षण गराएको र यस घटनाको छानविनको लागि प्रक्रिया अगाडि बढेको प्रहरिले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित