गुल्मीको रूपाकोटमा देबिराम भन्डारी(काउले दाइ) मृ*त फेला, ह*त्या गरिएको अनुमान ।

गुल्मीको रूपाकोटमा देबिराम भन्डारी(काउले दाइ) मृ*त फेला, ह*त्या गरिएको अनुमान ।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल – गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्ड नं ७, रूपाकोटको खोलाखेतमा एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । रूपाकोटको देऊराली भन्ने ठॉऊमा स्थायी ठेगाना भई रूपाकोटका शंकर गैरेको खेत ठेक्का गर्दै आएका बर्ष ७१ का ‘काऊले दाई’ भनेर चिनिने देबिराम भन्डारीको हत्या भएको हुन सक्ने तुराड० गा.बि.स का पूर्ब अध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेतले जानकारी दिनु भयो।बस्नेतका अनुसार भन्डारीको हिजो सॉझ ५.३० बजे तिर हत्या भएको हुन सक्ने बताईएको छ।”

रूपाकोटकै शंकर भन्डारीको खेतको गोठमा काऊले दाई लाई मृत अबस्थामा देखियो। मृतकको टाऊको ढुंगाले हानेर फुटालिएको अबस्थामा छ,नाक बाट निकै धेरै रगत बगेको छ”बस्नेतले हामि लाई बताऊनु भयो।दिन भरी खेतमा काम गर्ने र सॉझ आफ्नै घर देऊराली जाने गरेका देबिराम सॉझ सम्म घर नआए पछी घर बाट बुहारी र छोरीले खोज्दै आऊदा गोठमा मृत अबस्थामा भेटिएको बताईएको छ। प्रहरी घटनास्थलमै पुगिसकेको छ।थप बिबरण आऊन बॉकी।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित