जीवन पाण्डे, बाग्लुङ्ग – बडिगाड गाउपलिकाको छैटौ गाउसभा २०७६ नेपाली कांग्रेश पार्टी बाट निर्बाचित गाउसभा उपाधक्ष्य तथा सदस्यहरुबाट बहिस्कार गरिएको छ । बडिगाड गाउपलिकाको मंगलबार भएको छैटौ गाउसभा २०७६ मा नेपली काँग्रेस बडिगाड गाउपालिकाका सभापति तथा बडिगाड ५ का वडा अधक्ष्य श्री अर्जुन प्रसाद खरेलले बिशेष मन्तब्य राख्दै गाउसभा बिधिवत नभई सुन्योजित रुपमा गर्न थालिएको बताइएको थियो । गाउपालिकाको अध्यक्ष्यले उपाधक्ष्यसंग कुनै सर-सल्लाहा नगरी गौरबका योजना छनोट गरी सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई पनि थाहा नदिएको उहाले बताउनुभयो ।
गाउपालिका उपाधक्ष्यसंग सर-सल्लाहा नगरी गाउसभा आयोजना गरिएको ५८ औ कार्यपालिका बैठकमा गाउपालिका अध्यक्ष्यले राजनीतिक भाषण गरी बिना प्रसङ्ग नेपाली कांग्रेस पार्टीका केन्द्रिय सभापति श्री शेर बहादुर देउबा तथा सिङ्घो पार्टीलाई मान हानि गरी अपशब्द प्रयोग गरेको, प्रमुख प्रशासकीय अधिकृतद्वारा समन्वकारी भूमिका निर्वाहा नगरेको बिषयमा असहमति र खेद प्रकट गर्दै बडिगाड गाउपालिकाको छैटौ गाउसभा २०७६ नेपाली कांग्रेश पार्टी तथा गाउसभा उपाधक्ष्य सहित गाउसभा सदश्यहरुबाट बहिस्कार गरिएको जानकारी गराएका छन्। उहाले बडिगाड गाउपालिकालाई सम्बृद्ध बनाउनका लागि बडिगाड गाउपालिका अध्यक्ष्यले समन्वकारी भूमिका निर्बाहा गर्नुपर्ने बिचार ब्यक्त गर्दै बिगतका गाउसभालाई स्मरण गर्दै छैटौ गाउसभा सम्म आइपुग्दा राजनीतिक र व्यक्तिगत पूर्वाग्रहबाट गाउपालिका अगाडी बड्न खोजेकोले गाउसभा बहिष्कार गर्न बाध्य हुनुपरेको जानकारी गराइएको छ ।