गुल्मी अखिलको एकता घोषणा,सपथ ग्रहण र प्रथम पूर्ण बैठक सम्पन्न ।

गुल्मी अखिलको एकता घोषणा,सपथ ग्रहण र प्रथम पूर्ण बैठक सम्पन्न ।

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल,गुल्मी – गुल्मीमा नेकपाको भातृ संगठन अनेरास्वबियूको एकता प्रकृया टुंगिएको छ।माओ दिवस को अबसर पारेर विद्यार्थी संगठनको एकता घोषणा,सपथ ग्रहण र प्रथम पूर्ण बैठक सम्पन्न गरिएको हो।अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारी बिच अापसी समझदारीमा एकताकाे प्रकृया टुंगाईएको संगठनले जानकारि दिएको छ।जिल्ला संयाेजक र सहसंयाेजक चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई छाडि अरू एकताका सम्पुर्ण कार्य सम्पन्न गरिएकाे छ।हाल लाई दुवै संगठनका अध्यक्ष हरू संयाेजक रहने गरि ३३ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएकाे बुझिएको छ जसकाे संयाेजक मा राजेन्द्र विक्रम कुँवर र भरत चन्द रहनु भएको छ।बैठकले बिभाग हरू पनि गठन गरेको छ।सचिवालय ११ सदस्यीय र ९ वटा विभिन्न विभागहरू गठन गरिएको बताईएको छ।सचिबालय सदस्य हरू लाई बिभाग प्रमुखको जिम्मा दिईएको छ।

जसमा राजेन्द्र वित्रम कुँवर प्रशिक्षण विभाग प्रमुख,अार्थिक विभाग प्रमुख भरत चन्द,संगठन विभाग प्रमुखमा श्रीराम महत,हुमकान्त पाेख्रेल प्रचार प्रसार विभाग प्रमुख,उदय अर्याल,प्रकाशन विभाग प्रमुख,नवीन अर्याल खेलकुद तथा रचनात्मक विभाग प्रमुख,बल बहादुर श्रेष्ठ जनजाति विभाग प्रमुख,अशाेक नेपाली उत्पिडित विद्यार्थी विभाग प्रमुख,बाशुदेब घिमिरे खेलकुद तथा रचनात्मक विभाग उप प्रमुख,लक्ष्मी अर्याल महिला विभाग प्रमुख,बिमला गाैतम महिला विभाग उपप्रमुख,किसन पाण्डे,प्रशिक्षण विभाग उप-प्रमुख,राजन के.सी संगठन विभाग उप-प्रमुख,रमेश भण्डारी अार्थिक विभाग उप-प्रमुख रहनु भएको छ।जिल्ला सदस्यहरूमा रमेश पाण्डे,विमल छन्तेल,दशरथ पाण्डे,सन्ताेष कुवर क्षेत्री, नवीन अर्याल,संगिता मल्ल ठकुरी,विष्णुमाया कुँवर,राजु कुँवर,श्रृजना घिमिरे,गाेपाल भण्डारी चयन हुनुभएको छ।

जिल्लाका१२ वटै स्थानिय तहमा कार्यासम्पादन गर्न जिम्मेवारी बाडफाड, जिल्ला कार्यालय व्यवस्थापन लगायतका महत्वपूर्ण निर्णय हरू गरिएको छ।जिल्ला कमिटी ३३ सदस्यीय रहने बताईएता पनि अहिले २५ जनाकाे कमिटी निर्माण गरिएकाे छ।बाकिँ८जना संगठन निर्माणकाे शिलशिलामा अावश्यकताका अाधारमा मनाेनित गरिने संगठनले बताएको छ।एकता प्रकृयाले गति लिए संगै गुल्मीमा अब अनेरास्वबियूको राजनितिक गतिबिधिले तिब्रता लिने बिधार्थी राजनितिका जानकार हरूको बुझाई रहेको छ। नेकपाको जिल्ला कार्यलयमा सम्पन्न कार्यक्रममा नेकपा गुल्मीका जिल्ला सचिब बिरबहादुर कार्की,सचिबालय सदस्य गणेश श्रीपाली,सचिबालय सदस्य हिरा ए सी,बिधार्थी बिभाग इन्चार्ज भुपाल पोख्रेल,सह इन्चार्ज ओम कार्की,बिधार्थी नेता घनश्याम खरेल लगायतको बिशिस्ट उपस्थिति रहेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित