पररास्ट्र मन्त्रि प्रदिप ज्ञवालि गृह जिल्ला गुल्मीमा ब्यस्त,आज आश्रित स्मृति भवन ऊदघाटन गर्ने।

पररास्ट्र मन्त्रि प्रदिप ज्ञवालि गृह जिल्ला गुल्मीमा ब्यस्त,आज आश्रित स्मृति भवन ऊदघाटन गर्ने।

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल,वामीटक्सार – गुल्मीको चन्द्रकोट गॉऊपालिका वडानं६ हरेवामा स्वर्गीय जिवराज आश्रितको संझनामा निर्माण गरिएको जिवराज आश्रित स्मृति भवन र चन्द्रकोट ६ हरेवाको वडा कार्यालय भवन ऊदघाटन गरिदै छ। नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीले भवन ऊदघाटन गर्ने बताईएको छ। स्व.जिबराज आश्रित को धर्मपत्नी तथा माननीय सभासद माया ज्ञवाली लगायतका नेता हरूको कार्यक्रममा सहभागिता रहने आयोजकको भनाई रहेको छ।आज शुक्रवारका दिन दिनको ठिक ११ बजे उदघाटन कार्यक्रम तय गरिएको छ।तत्कालिन नेकपा मालेका संगठन बिभाग प्रमुख स्व जिबराज आश्रितको जन्म स्थानमा स्मृति भवनको निर्माण गरिएको छ।

आश्रितको जन्म गुल्मीको चन्द्रकोटमा भएको थियो र महासचिब स्व मदन भन्डारी संगै चितवनको दासढुंगामा जिप दुर्घटनामा परी दुखद निधन भएको थियो। यसै गरी हिजो गुल्मिको रुरु गाउँपालिका र सत्यवती गाउँपालिका जोडिने गरि बगाउनेमा एक कार्यक्रमका बिच पुलको शिलान्यास गरिएको छ। परराष्ट्र मन्त्री तथा गुल्मी क्षेत्र न १ का सभासद ज्ञवाली द्वारा उक्त पुलको शिलान्यास गरिएको छ। झण्डै १७ करोड रुपैयाँको लागतमा बन्न लागेको उक्त पुलको निर्माणले यो सडक खण्डमा आवताज गर्ने यात्रीहरु लाई सहज हुने अपेक्षा गरिएको छ।

पक्की पुल मार्फत रुरु र सत्यवती गाउँपालिका जोडिने भएको छ। मन्त्री ज्ञवालीले गुल्मीको रिडीमा निर्माण गर्न लागिएको तीन मुखे पुलको त्यसै गरी हिजै निरीक्षण समेत गर्नु भएको थियो।निरीक्षण पश्चात रिडीमा आयोजित सर्व पक्षीय अन्तर्कृया कार्यक्रममा सहभागी हुँदै निर्बाचनको समयमा गरिएका प्रतिबध्दता हरू पुरा गरेरै छोड्ने बताऊनु भएको थियो। त्यसै गरी हिजै सत्यबति गाउँ पालिका को ठूलोलुम्पेक पहिरो पिडित हरुलाई लागि पुनर्स्थापना का लागि घर बनाउने काम को शुभारम्भ गर्नु भयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित