रामकृस्ण कंडेल,वामीटक्सार – वामी बिस्व सम्पर्क मन्चको छात्रबृति बितरण कार्यक्रम सम्पन्न भएको छ।मुसिकोट नगरपालिका वार्डनं८,वामी मैदानमा अबस्थित शारदा बिधा मन्दिर मा बि मा एक कार्यक्रम आयोजना गरि छात्रबृति बितरण गरिएको हो।हरेक बर्ष छात्रबृति बितरण कार्यक्रम आयोजना गर्दै आएको बिस्व सम्पर्क मन्चले यो बर्ष पनि छात्रबृति बितरण गरिएको बताईएको छ। आज तिन ओटा बिधालय हरू शारदा बिधा मन्दिर मा बि वामी मैदान,ठुलोखर्क प्रा बि र खड्ग देबि प्रा बि का उत्कृस्ट बिधार्थी हरू लाई सम्मान तथा छात्रबृति बितरण शारदा बिधा मन्दिर मा बि वामी मैदानमा गरिएको हो। छात्रबृति प्राप्त गर्ने बिधार्थी हरूमा शारदा बिधा मन्दिर मा बि बाट पवन सापकोटा,शिबा रायमाझि,अस्मिता परियार र यश छन्तेल,ठुलोखर्क प्रा बि बाट रेजिना खरेल,सन्जय बि क र बिस्णु क्षेत्री,खड्ग देबि प्रा बि बाट युबराज नेपाली,रबिना नेपाली र सागर नेपाली रहेका थिए।
SEE परीक्षामा उत्कृस्ट पवन सापकोटा लाई पॉच हजार,शिबा रायमाझि रअस्मिता परियार लाई पच्चिस पच्चिस सय र अन्य बिधार्थी हरू लाई दुई हजारको दरले बितरण गरियो। ‘साबिक वामी गा बि स भित्रका १५ ओटा बिधालयमा अध्यन गर्ने बिधार्थी हरू मध्ये बाट झन्डै ४६जना बिधार्थी लाई एक लाख दुई हजार रकम छात्रबृति स्वरूप बिभिन्न बिधालय हरूमा कार्यक्रम आयोजना गरी बितरण गरिएको’ संस्थाका अध्यक्ष ज्ञानेस्वर काफ्लेले जानकारी दिनु भयो।मन्चका अध्यक्ष काफ्लेले बिगत ०७१ देखिनै यस प्रकारको छात्रबृति वामीमा हरेक बर्ष बितरण गरिदै आएको र समाजमा राम्रो सन्देश प्रबाह भएको बताऊनु भएको छ।
बिपन्न तथा जेहेन्दार छात्रबृति बितरण कार्यक्रममा वामी बिस्व सम्पर्क मन्चका अध्यक्ष ज्ञानेस्वर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा,शारदा बिधा मन्दिर मा बि वामी मैदानका प्रधानाध्यापक तथा मन्चका पूर्ब अध्यक्ष ज्ञानहरि सापकोटा,नौमति बाजा महोत्सब सुचना तथा सन्चार प्रमुख रामकृस्ण कंडेल,मन्चका सदस्य प्रकाश बराल,ठुलोखर्क प्रा बि का प्रधानाध्यापक बेदप्रसाद खरेल,खडेगदेबि प्रा बि का शिक्षक बिजुला नेपाली,स्थानिय कलाकार कमल बराल,शारदा बिधा मन्दिर मा बि वामीका शिक्षक,बिधार्थी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम मन्चका सदस्य प्रकाश बरालको सन्चालनमा सम्पन्न भएको थियो।