रामकृस्ण कंडेल,वामीटक्सार – एशियन लाईफ ईन्स्योरेन्स कम्पनीमा केहि बर्ष अगाडि पचास हजारको बिमा गर्नु भएका मुसिकोट नगरपालिका६का स्व.दोर्ण खत्रिको बुवा तेजबहादुर खत्रि लाई कम्पनिको नियमानुसारको आर्थिक सहयोग गरिएको छ।स्व.दोर्ण खत्रिको कार्तिक१७गते दुखद निधन भएकोले मृत्यु दाबि भुक्तानी स्वरूप कम्पनीको तर्फ बाट रू उननसत्तरी हजार सातसय रकम बराबरको नगद चेक बिमितका बुवा तेज बहादुर खत्रि लाई हस्तान्तर्ण गरिएको हो।एशियन लाईफ ईन्स्योरेन्स गुल्मी उप शाखा प्रमुख राजन के सी भुवाचिदि पुगी बिमितको बुवा तेजबहादुर लाई नगद चेक बुझाऊनु भएको हो।
बीमा ऐन २९४९ को दफा ३८ को उपदफा १ अनुसार बीमितको मृत्यु भएमा सबभन्दा नजिकको (व्यक्तिले) हकदारले बीमाङ्क रकम र आश्रित बोनस प्राप्त गर्दछ । यसरी उपर्युक्त कुराहरू अलवा सर्वोत्तम बचत, अनिवार्य बचत, आश्रितको भलाइ, ऋणभारको कमी, ऋण लिने सुविधाले गर्दा पनि जीवन बीमाको महत्व बढाएको छ ।जीवन बीमा शुल्क जुन तिरिन्छ, त्यो एक प्रकारको लगानी हो र निश्चित स्थानमा जम्मा हुन्छ ।यसरी निरन्तर गरिएको जम्माले गर्दा बीमा क्षेत्रको लगानी र अन्य क्षेत्रको लगानीमा फरक पर्दछ। बीमा गर्ने व्यक्तिको मृत्यु भएमा बीमाङ्क रकम र बोनस बीमा गर्ने व्यक्तिको नजिकको हकदारलाई उपलब्ध गराइन्छ ।