परराष्ट मन्त्रि प्रदिप ज्ञवाली यतातिर व्यस्त । शुक्रवार जिबराज आश्रित स्मृति संग्राहलयकाे उद्घाटन

परराष्ट मन्त्रि प्रदिप ज्ञवाली यतातिर व्यस्त । शुक्रवार जिबराज आश्रित स्मृति संग्राहलयकाे उद्घाटन

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल,गुल्मी – नेपाल सरकारारका पररास्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालि अहिले गृह जिल्ला गुलमिमा व्यस्थ हुनुहुन्छ। स्व.जिबराज अाश्रित कुशल संगठक र ईमान्दार नेता भएको बताऊनु भएको छ। गुल्मीको चन्द्रकाेट गॉऊपालिका वार्डनं६ मा आयोजित ‘जिबराज अाश्रित स्मृति संग्राहलय’काे समुद्घाटन कार्यक्रम लाई संबोधन गर्दै पररास्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालिले अाश्रितको जन्मस्थानमा स्मृति संग्राहलय बनाईनु स्वागत योग्य कार्य भएको बताऊदै यस कार्य लाई सफल बनाऊन सक्दो सहयोग गर्ने प्रतिबध्दता जाहेर गर्नु भयो।

नेपाली कम्युनिस्ट आन्दोलन लाई थप स शक्त र परिस्कृत बनाऊन स्व.अाश्रितको योगदानको चर्चा गर्दै सत्तारूढ दलका स्थायि कमिटि सदस्य समेत रहनु भएका मन्त्रि ज्ञवालिले’टुट फुटमा रहेका कम्युनिस्ट घटक हरू लाई एकताबध्द गराई शक्तिशाली कम्युनिस्ट पार्टि बनाऊनु पर्छ भन्ने चाहना र जोड स्व.अाश्रितको थियो संबोधनको क्रममा मन्त्रि ज्ञवालिले बताऊनु भयो।मन्त्रि ज्ञवालिले संबोधनको क्रममा बर्तमान परिस्थितिको बारेमा आफ्नो धारणा ब्यक्त गर्दै सम्पूर्ण जनप्रतिनिधि हरू लाई जनचाहना अनुसार काम गर्न आग्रह गर्नु भयो।मन्त्रि ज्ञवालिको आग्रह थियो’हामी देश निर्माण गर्ने अवसरको संघारमा छौँ, यस्तो अवसर सधैँ पाइँदैन, यसलाई खेर जान पनि दिनु हुँदैन।’

तत्कालिन नेकपा मालेका संगठन बिभाग प्रमुख स्व जिबराज आश्रितको महासचिब स्व मदन भन्डारी संगै चितवनको दासढुंगामा जिप दुर्घटनामा परी दुखद निधन भएको थियो।कार्यक्रममा स्व.जिबराज आश्रित को धर्मपत्नी तथा माननीय सभासद माया ज्ञवाली,जिल्ला तहका नेता हरू,जनप्रतिनिधि हरू,कर्मचारी लगायत ठुलो संख्यामा सर्बसाधरणको सहभागिता रहेको थियो। आफ्नो निर्बाचन क्षेत्र भ्रमण,बिकास निर्माण कार्यको निरिक्षणको क्रममा मन्त्रि ज्ञवालिले चन्द्रकोट गॉऊपालिका वार्डनं६को नबनिर्मित वडा कार्यलय भवनको पनि ऊद्घाटन गरेको बताईएको छ।यसैगरी चन्द्रकाेट गाऊपालिकाकाे वडा न६ काे अर्जेवा झरना काे समेत अबलोकन गर्दै पररास्ट्र मन्त्रि ज्ञवालिले’झरना’संरक्षणको लागि महत्वपूर्ण सल्लाह सुझाबहरू दिएको बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित