रामकृस्ण कंडेल – गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ को आयोजनामा काठमान्डौंको बागबजार स्थित होटल हार्दिकमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।मुसिकोट नगरपालिकाका बिभिन्न वार्डहरूमा स्थायि ठेगाना भई राजधानिमा बसोबास गर्दै आऊनु भएका महानुभाब हरूको बिचमा महोत्सब लाई सफल पार्नको लागि आबश्यक सरसल्लाह गर्नको लागि कार्यक्रम आयोजना गरिएको मुसिकोट नगरपालिका वार्डनं७का वार्ड अध्यक्ष प्रकाश काफ्लेले बताऊनु भयो।वार्ड अध्यक्ष काफ्लेका अनुसार कार्यक्रममा महत्वपूर्ण ब्यक्तित्व हरूको उपस्थिति रहेको र कार्यक्रम फलदायि रहेको बताऊनु भयो।माघ १५ देखि २६ गते सम्म वामीटक्सारमा हुने महोत्सब लाई भब्य र सब्य रूपमा सम्पन्न गर्नका लागि यस अन्तरकृया कार्यक्रममा प्राप्त सल्लाह सुझाब हरू बाट आफु हरू लाई थप बल प्राप्त भएको भ्रमण टोलीमा सहभागी वार्ड अध्यक्ष काफ्लेले बताऊनु भयो।
बागबजार स्थित होटल हार्दिकमा आयोजित अन्तरकृया कार्यक्रममा प्रा.डा.तारा सापकोटा,प्रा.डा.जिबलाल सापकोटा,महेन्द्र आदर्श मा बि का पूर्ब प्रधानाध्यापक हिरामणि अर्याल,युवा समाजसेबि देबेन्द्रराज सापकोटा,समाजसेबि राजकुमार श्रेस्ठ लगायतका ब्यक्तित्व हरूको बिशेष आतिथ्यता रहेको थियो।बिशिस्ट ब्यक्तित्व हरूले कार्यक्रममा महत्वपूर्ण भनाई हरू राख्दै महोत्सब सफल पार्न आफु हरूले सक्दो सहयोग गर्ने प्रतिबध्दता जाहेर गर्नु भएको थियो। कार्यक्रम मुल आयोजक समितिका संयोजक शुदर्सन शाक्यको अध्यक्षता र रूपकलाल श्रेस्ठको सन्चालनमा सम्पन्न भएको बताईएको छ। पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला२०७६ लाई सफल पार्न देशका बिभिन्न स्थान हरूमा पुगी आबश्यक निर्णय हरू गर्नको लागि ऊधोग बाणिज्यको टोली युध्दस्तरमा लागेको देखिन्छ।
यस अभियानमा वडानं७का वार्ड अध्यक्ष प्रकाश काफ्ले,महोत्सब मुल आयोजक समितिका संयोजक सुदर्शन शाक्य,आर्थिक उपसमिति संयोजक बेग प्रसाद शाक्य, सुचना तथा प्रचार–प्रसार उपसमिति संयोजक ज्ञानहरी सापकोटा,अतिथि सत्कार उपसमिति संयोजक दिनेश खाती,रूपकलाल श्रेस्ठ लगायत काठमान्डौमा भेटघाट र छलफलमा ब्यस्त रहेको देखिएको छ। उद्योग वाणिज्य संघ वामी शाखाले यहि माघ १५ गते देखि २६ गते सम्म प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक, औधोगिक एवं व्यापार मेला २०७६ गर्न लागको हो । गुल्मी मुसिकोट समृद्धिको आधार, कृषि पर्यटन, उद्योग र व्यापार भन्ने नारा सहित हुने मेलामा विविध खेलकुद सहितका प्रतियोगीतात्मक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको।