निसिखोला गाउपालिका मा सुरु भयो नेपाल भ्रमण बर्ष २०२० को रौनक !

निसिखोला गाउपालिका मा सुरु भयो नेपाल भ्रमण बर्ष २०२० को रौनक !

Badigad Online
2 Min Read

दिनेश शर्मा, निसिखोला बाग्लुङ – देशभर नेपाल भ्रमण बर्ष २०२०भब्य रुपमा चलिरहदा जिल्लाको निसिखोला गाउपालिका ले पनि विशेष तरिकाले यो अवसर को सदुपयोग गरेको छ। निसिखोला गाउपालिका ले जिल्ला समन्वय समिती का उपप्रमुख बिष्णु भुषाल को प्रमुख आतिथ्यता ,निसिखोला गाउपालिका का अध्यक्ष तारानाथ पौडेल,उपाध्यक्ष्य शोभाकुमारी कार्की,वडाअध्यक्ष्यहरु कुबिर बि क ,तेजेन्द्र बिक्रम कुवर ,हर्कमान घर्तिमगर,समाजसेवी टङ्क पौडेल ,कार्यपालिका सदस्य हुमकुमारी मल्ल,महेन्द्र कुमारी घर्ती,धवलागिरी पर्यटन प्रबर्द्धन केन्द्र का अध्यक्ष खिमानन्द कडेल,निसिखोला गाउपालिका इन्जिनियर समुन्द्र शाही,पर्यटन ब्यवसायी तुलसी कडेल स्थानिय बुद्दिजिबी पत्रकार हरुको टोलिले वडा न ६ जहाँ तिनवटा जिल्लाहरु बाग्लुङ ,रुकुम,र रोल्पाको सङगम स्थल रहेको छ र त्यहाँ रहेका पातिहाल्ने,रिघताल,निसिको सुन्दर निसि गाउँ ,वडा न २ मा रहेको नरसिङ्कोट,अर्नाकोट होमस्टे,अर्नाकोट को प्रस्ताबित एअरपोर्ट लगाएत को स्थलगत अवलोकन भ्रमण गर्नुको साथै नरसिङ कोट मा पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ।

वडा न २ का वडाअध्यक्ष तेजेन्द्रबिक्रम कुवर को अध्यक्ष्यता रहेको कार्यक्रममा समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल को प्रमुख आतिथ्यता तथा गाउपालिका अध्यक्ष उपाध्यक्ष लगाएत को बिशिस्ट आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुषाल ले निसिखोला लाई प्रकृतिले दिएको अनुपम उपहार लाई भरपुर सदुपयोग गर्न सके निसिखोला गाउपालिका लाई मात्र नभइ समग्र बाग्लुङ जिल्ला लाई नै पर्यटनको लागि टेवा पुग्ने भन्दै पर्यटकीय क्षेत्र को बिकास मा आफ्नो भरपुर सहयोग रहने बताउदै नेपाल भ्रमण बर्ष सफल पार्न सबैमा अनुरोध गर्नुभयो। उक्त अन्तरक्रीया कार्यक्रम पत्रकार कमल पौडेल को सहजीकरण मा सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित