जीवन पाण्डे, बाग्लुङ्ग – जिल्लाको पश्चिम क्षेत्र बडिगाड गाउँपालिका स्थित रहेको प्रभु बैंक बडिगाड शाखाद्वारा उक्त गाउपालिकाको वडा न. ८, रणसिङकिटेनीमा रहेका बृद्दा हरुलाइ बृद्द भत्ता बितरण गरिएको छ । प्रभु बैंकले यो कार्य शनिवारको दिन गरेको हो । शनिवार बिहान १० बजे देखि साझ ७ बजेसम्म भएको उक्त कार्यबाट २०० जना सेवाग्राही लाभान्वित भएको प्रभु बैंक बडिगाड शाखाका अपरेसन इन्चार्ज तथा सहायक प्रबन्धक अर्जुन रेग्मीले बडिगाड अनलाइनलाइ जानकारी दिनुभएको छ ।
राज्यले बिगत केही समय यता बृद्दहरुलाइ भत्ता एबम भत्ता बितरणमा विभिन्न कार्यहरु गरिराखेको छ । पछिल्लो समयमा राज्यले सम्पुर्णले बैंकमा खाता खोल्नुपर्ने र भत्ता बैंकबाटै बुझ्ने व्यवस्थाको घोषणा गरेको थियो । सोही अनुरुप कार्य गर्दा बैंक टाढा भइ बृद्दाहरुलाइ झन असहज भएको मुल्यांकन गर्दै प्रभु बैंक बडिगाड शाखाले यो कार्य गरेको हो । “बडिगाड गाउँपालिका भरिनै यो कार्य गर्ने लक्ष्य राखी बैंकले सुरुवातमा भौगोलिक रुपमा अलि बिकट मानिने वडाबाट कार्य सुरुवात गरि सेवा प्रदान गरेको छ।” रेग्मिले बताउनुभयो ।
बडिगाड शाखाका प्रमुख प्रकास सापकोटा तालिमको लागि काठ्माण्डौ रहेको र आउन ढिलाइ हुने भएकाले उहाँकै निर्देशनमा यो कार्य गरिएको हो । उक्त कार्यमा बैंकबाट रेग्मी सहित चुरा बहादुर थापा (राजु), सिवानी पौडेल र सेक्युरिटिमा ओम बहादुर फगामी खटिनुभएको थियो । ८ न. वडाका वडाध्यक्ष यम श्रीसले स्वमन्वयको भुमिका निर्वाह गर्नुभएको थियो ।