अखिलको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न।

अखिलको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशभक्ति आन्दोलनको झण्डा झुक्न नदिन बिधार्थी हरू संग आग्रह गर्नु भएको छ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको सपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै महासचिब पौडेलले देशको भबिस्य बिधार्थी हरूको कॉधमा रहेको बताऊदै बिधार्थी हरू एकताबध्द भई अगाडि बढ्न समेत आग्रह गर्नु भएको थियो।दुई ठुला बिधार्थी संगठन हरूको एकिकरणले रास्ट्रिय अन्तरास्ट्रिय क्षेत्रमै तरंग ल्याएको प्रसंग कोट्याऊदै फलामे अनुशासनका साथ संगठन लाई अगाडि बढाऊन बिधार्थी नेता हरू लाई निर्देशन समेत दिनु भयो।तात्कालिन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को एकतापछि बनेको अनेरास्ववियूको सपथ सम्पन्न भएको हो।काठमाडौंको सभागृहमा सम्पन्न कार्यक्रममा विद्यार्थीका केन्द्रीय सदस्यहरु,आयोग र विभागका पदाधिकारी र सदस्यहरु सहभागी थिए।

नेकपाको एकतापछि विद्यार्थी संगठनको एकता सम्पन्न भएको छ। एकीकृत विद्यार्थी संगठनको केन्द्रीय समितिमा ३३५ जना सदस्यहरु चयन भएका छन्। विद्यार्थी नेताहरुलाई नेकपाका महासचिव विष्णु पौडेल बाट सपथ गराईएको हो।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय स्तरका नेता हरूको बाक्लो उपस्थिति रहेको बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित