गुल्मीमा ईन्जिनियर राऊत र सब ईन्जिनियर चौधरीको सकृयतामा अनुगमन सम्पन्न।

गुल्मीमा ईन्जिनियर राऊत र सब ईन्जिनियर चौधरीको सकृयतामा अनुगमन सम्पन्न।

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल – जिल्ला आयोजना कार्यन्वयन ईकाई गुल्मी(शिक्षा)अन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा पुननिर्माणको लागी छनोट भई०७५/७६ मा निर्माण कार्य सम्पन्न हुनु पर्ने विद्यालय हरू को अनुगमन कार्य जोड तोडका साथ अगाडि बढाईएको छ।आयोजना कार्यन्वयन ईकाई गुल्मी(शिक्षा)अन्तर्गतका ईन्जिनियर लक्ष्मण राऊत र सब ईन्जिनियर पुनानन्द चौधरीको सकृयतामा अनुगमन गरिएको छ।अनुगमनको क्रममा ईन्जिनियर राऊतले भवन निर्माण गर्दा प्रयोग गरिएका निर्माण सामाग्रि हरूको गुणस्तर,समय अबधी लगायतको बिषय लाई महत्वका साथ सुझाब दिएको बुझिएको छ।सरकारी रकम कहिकतै बाट दुरूपयोग नहोस भन्ने मनसायका साथ अनुगमनमा तिब्रता दिईएको छ।तोकिएको मापदन्ड भित्र रहेर काम नगर्ने योजना हरू आफु हरू लाई स्विकार्य नहुने भन्दै गुणस्तरको सन्दर्भमा कोही कसै संग सम्झौता नगरिने सब ईन्जिनियर पुनानन्द चौधरीले बताऊनु भयो।

गुल्मी जिल्ला मुसिकोट मगरपालिका स्थित जनता नि मा बि,त्रिभुवन मा. बि कुर्घा,महेन्द्र आदर्श मा वि वामी,शारदा बिधा मन्दिर मा वि वामी मैदान,सितापुर मा वि अर्लाड०कोट,ददल्का मा वि ददल्कामा निर्माणाधिन बिधालय भवन तथा शौचालय हरूको ईन्जिनियर लक्ष्मण राऊत र सब ईन्जिनियर पुनानन्द चौधरीले अनुगमन गर्नु भएको छ।यसै गरी अनुगमनको क्रममा सत्यबती गॉऊपालिका र छत्रकोट गॉऊपालिका भित्र सन्चालित आयोजना हरूको अनुगमन समेत सम्पन्न गरेको ईन्जिनियर लक्ष्मण राऊतले बताऊनु भयो।यसै क्रममा जनजागृती मा बि हुगामा आयोजित नबनिर्मित बिधालय भवन उद्घाटन कार्यक्रममा उपस्थित भएको बताईएको छ।स्मरण रहोस ०६१-०६४ सम्म गुल्मीको शिक्षा शाखामा कार्यरत ईन्जिनियर लक्ष्मण राऊत सरकारी सेवाको क्रममा देशका बिभिन्न जिल्लामा अनुभव संगाली पुन एक बर्ष अगाडि देखि गुल्मीमा सेवारत हुनुहुन्छ।गुल्मी आए पश्चात फिल्डमै पुगी निर्माणाधिन योजना हरूको अनुगमनमा तिब्रता दिनु उहॉको बिशेषता रहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित