गुल्मी वामीटक्सारमा आयोजित महोत्सबको तयारीमा तिब्रता।

गुल्मी वामीटक्सारमा आयोजित महोत्सबको तयारीमा तिब्रता।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल,वामीटक्सार – मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औधोगिक एवं व्यापार महोत्सव २०७६ को तयारी तिव्र पारिएको छ। स्वागत गेट निर्माण कार्यको तयारी उप समिति संयोजक टोपबहादुर शाक्यको पहलमा अगाडि बढिरहेको छ।यसैगरी महोत्सब अबधिभर वामीटक्सार बजारका प्रत्येक होटल,पसल,लज लगायतका स्थान हरूमा ब्यानर हरू राख्ने निर्णय भएको आयोजकको भनाई रहेको छ।

महोत्सब सम्पन्न गर्नको लागि आर्थिक सहयोग संकलन,निमन्त्रणा लगायतका गतिबिधी हरू अगाडि बढाईएको गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष शुदर्शन शाक्यले बताऊनु भयो। पहिलो पटक आयोजना हुन लागेको महोत्सवले मुसिकोट नगरपालिकाको पर्यटन विकास,धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महत्वपूर्ण हुने बिस्वास लिईएको छ। महोत्सवमा ५ करोडको कारोवार र ७० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष शुदर्सन शाक्यले बताऊनु भयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित