सागर भण्डारी, माघ १ गुल्मी । नेपाल मगर सघं मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मीको आयोजनामा माघी मेला तथा विविध सांस्कृतिक कार्यक्रम दजाकोटमा सम्पन्न भएको छ । मेलाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले माघी पर्व स्थानीय संस्कृतिको रुपमा विकास हुनुपर्ने भन्दै मगर संस्कृतिको संरक्षणले समग्र नगरपालिकाको संस्कृति विकासमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले मागी मेलालाई हरेक वर्ष एउटा ऐतिहासिक पर्वको रुपमा दजाकोटमा आयोजना गर्न आग्रह गर्दै नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि आफू प्रतिबद्ध रहने बताउनुभयो ।
मगरको पहिचान खुल्ने होमस्टे, मगरहरुको संग्रालय, स्थापना गरी मगरहरुको पहिचान जोगाई राख्न उहाँको आग्रह छ । त्यस्तै दजाकोटमा वितेका दिनमा आगलागीबाट भएको क्षतिबाट पार गरेर नयाँ सिर्जनाको विकास भएको बताउनुभयो । साथै उहाँले भौतिक खुसी मात्रै सम्पूर्ण खुसी नभएको भन्दै साना साना खुसीले पनि जीवन परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमको अवसरमा मन्तव्य व्यक्त गर्दै नेपाल मगर सघं मुसिकोट नगरपालिकाका नगरकार्य समितिका अध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि कृष्ण सूर्यवशीं मगरले माघी पर्व मगर समुदायको मात्रै नभई सम्पूर्णको साझा पर्व भएकाले मगर समुदायको विकासको लागि सबैको साथ र सहयोगको जरुरी रहेको बताउनुभएको थियो ।
साथै उहाँले स्थानीय तहले पनि मगरहरुको पहिचान बचाउने खालका कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो ।त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेले यस क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेको भएपनि आफ्नो भाषा भने कमै बोल्ने गरिएकाले भाषा संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा राष्टिय कलाकारहरु रामचन्द्र चन्द, तिर्सना घर्तीम मगर लगायत स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहेको थियो । भने मगर संस्कृतिका स्थानीय भेषभुषा, कलासंस्कृती तथा स्थानीय झाँकीहरु, भैलो, यानीमाया, रेकर्ड डान्स लगायतका प्रस्तुती रहेको थियो । उक्त अवसरमा बरिष्ठ चन्दादाता, आतिथि एवं कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष ओम बहादुर के.सी. वडा नं ५ का अध्यक्ष भागीरथ खरेल, वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले, वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ३ का वडा सदस्य शंकर रायमाझी, मुसिकोट नगरपालिका सामाजिक विकास सयोंजक हरिप्रसाद छन्त्याल, ंत्रिभुवन माध्यमिक विद्यालय भुवाचिदीका पूर्व प्रधानाध्यापक राम बहादुर थापा, मुसिकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थापा, नेपाल मगर सघंका पूर्व सचिव पुरन बगाले मगर,पशुपति निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक जुक्त बहादुर छन्त्याल, पत्रकार राम कृष्ण कडेंल, कौरव खत्री, सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल मगर सघं दजाकोटका अध्यक्ष दुर्गा बहादुर राकसकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर सघंका सचिव सुमन पेमीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन मुसिकोट नगरपालिकाका श्रोत व्यक्ति चुरा बहादुर छन्त्याल र सञ्चारकर्मी अमृता गाहा मगरले गर्नुभएको थियो । आफ्नै कला भाषा संस्कृति, आफ्नै पहिचान, संरक्षण, प्रवद्धन र विकास हाम्रो अभियान भन्ने मुल नारा सहति सघंले विगत ३ वर्ष देखि माघी मेलाको आयोजना गर्दै आईरहेको छ । २०७३ सालमा स्थापना भएको सघंले यसक्षेत्रमा मगर कला र भाषा संस्कृतिको लागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहको छ ।