सागर भण्डारी – मुसिकोट नगरपालिका ७ वामीटक्सारमा आमनागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगवीहिन बनेको छ । वामी बसपार्कमा विसं २०७० सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना तम्घासको सहयोग र सालिमे श्रृजनशील विकास मञ्चको पहलमा यो सार्वजनिक शौचालय निर्माण गरिएको हो । बाटो हिँड्ने बटुवा र स्थानीय सगैं नजिक बसपार्क रहेकाले आवश्यकता महसुस गरेर परियोजनाकोे ३ लाखभन्दा बढी रकममा शौचालय निर्माण भएको हो । तर सार्वजनिक शौचालय अहिले भने प्रयोग विहीन बन्न पुगेको हो ।
शौचालयको निर्माण गरेपछि त्यसको व्यवस्थापन नगर्दा यस्तो समस्या आएको स्थानीयले बताएका छन् । दुईकोठा रहेको शौचालय अहिले यत्तिकै थन्किएको छ । व्यवस्थापनको कमजोरीका कारण अहिले स्थानीय तथा बाटोमा हिँड्ने मानिसहरु समस्यामा पर्ने गरेका छन् ।
स्थानीय सरकारले बजार व्यवस्थापन समितिलाई व्यवस्थापनको जिम्मा दिएको भएपनि बजार व्यवस्थापन समितिले भने शौचालय प्रयोगका लागि त्यत्ति चासो नदेखाएको स्थानीयले बताउँछन् ।
जसले गर्दा वामी शौचालय प्रयोगविहीन भएको हो । लाखौँको लागतमा निर्माण भएको भवनमा सरसफाइ तथा पानीको व्यवस्था लगायतका पूर्वाधार भएपनि नियमित सञ्चालनमा भने आउन सकेको छैन् । बसपार्कमा निर्माण गरिएको शौचालयको व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । शौचालय व्यवस्थापन समिति सयोंजक शन्तोष शाक्यले विगतमा ३ महिना सञ्चालनमा आएको तर सरसफाई गर्ने कर्मचारी नपाईने र पाईएपनि निरन्तर बस्न नमान्ने गरेकाले अहिले प्रयोगवीहिन हुन पुगेको बताउनुभयो । कर्मचारी खोज्नेकाम भईरहेकाले अब छिट्टै नै शौचलय प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।