जीवन पाण्डे, गुल्मी – करिव एक दुई हप्ता पहिला गुल्मीमा घटेको गरु काण्ड तपाईं सबैमा सर्वबित्तितै छ । जुन काण्डमा सुनको गहनाको लागि आफ्नै सासुको हत्या गरिएको थियो । अहिले फेरिपनि गुल्मी जिल्लाको चम्द्रकोट गाउपालिकाको रुपाकोट भन्ने स्थानमा घिनलाग्दो एबम डरलाग्दो घटना घटेको छ जसमा एक युवकले भैंसीलाई करणी गरिराखेको बेला भैंसी मालिकले देखेपछी उनको हत्या भएको छ । घटना पौष ४ गतेको भएपनी अहिले भिडियो सार्वजनिक भएको छ । पत्रकार भुवन भुसाल र मोहन बस्नेतले अहिले यो घटनाको वास्तविकता युट्युव मार्फत सार्वजनिक गरेका छन ।
आफ्नो घरभन्दा करिव ३० मिनेट हिडेर गोठ जानुपर्ने अवस्था थियो । गोठ एकान्तमा भएकाले यो घटना घटेको हो । साझ ५ बजे भैंसी मालिक देविराम भण्डारि भैंसी दुहुन भनी गोठ तर्फ लाग्छन । गोठमा पुग्दा उनले एकदम आश्चर्यचकित घटना देख्छन जहाँ एक स्थानीय युवकले भैसिलाइ करणी गरिराखेका हुन्छन । भैंसी र पाडो दुबैको खुट्टा बाधी उनी यो कार्य गरिराखेका हुन्छन । मालिक आउछन तर ती युवकलाइ केही फरक पर्दैन । भैंसी मालिक भण्डारिलाइ भने त्यो कृयाकलाप खपी नसक्नुहुन्छ । भण्डारिले भैंसी दुहुन भनी लाएको बाल्टिले ती युवकलाइ प्रहार गर्छन ।
बाल्टी प्रहार भएपछी ती युवक जङ्गिदै त्यही गोठमा भएको दाउरा प्रहार गर्छन । भण्डारि प्रहारपछी ढल्छन, ढलिसकेपछि पनि आफ्नो रोमान्समा बाधा पुर्याएका भण्डारिलाइ नजिकै रहेको प्रखालको ढुङ्गाले टाउकोमा प्रहार गर्छन । अन्तत भण्डारी सोही स्थानमा प्राण त्याग्छन । यता घटना हुनभन्दा पहिलापनी सो युवकले भैसिलाइ बलत्कार गरिराख्ने कुरा स्थानियले बताएका छन । स्थानियका अनुसार पहिला पनि ती युवकले भैसिको पाडीलाई बलत्कार गर्दा भण्डारिले पाडीलाई त्यही युवकको जिम्मा लगाएका थिए ।
माइत आएकी सुत्केरी छोरिलाइ खसिको मासु लिने र गोठमा दुधपनी दुहेर फर्किने भनी हिडेका भण्डारी मासु त घर पठाउछन तर उनी दूध लिएर भने फर्किएनन । आफ्नो श्रीमान र बुवा कतिखेर घर फर्किनुहोला र दूध तताउला अनि खाउला भन्दै भण्डारिकि श्रीमती र छोरी कुरिराखेका हुन्छन । धेरै ढिलोसम्मपनि न आएपछी उनिहरु फोन हान्छन । लगातार फोन गर्दापनी फोन नउठेपछी उनिहरु गोठ तर्फ लाग्छन ।
गोठमा पुग्दा भण्डारिको शरीर रगतमा डुबेको देख्दा उनिहरु अचम्मित हुन्छन । कतै बुवा उठ्नुहुन्छ कि भनी छोरी “बुवा उठ्नु न” भन्दै रुन्छिन तर बिडम्बना त्यहा उनका बुवाको शव मात्र थियो । घटना रहस्यमय एबम शंकास्पद भएपछी हार गुहार गर्दै स्थानिय जम्मा हुन्छ्न अनि प्रहरिलाइ खवर गर्छन । पहिला पनि यस्ता कार्यमा होमिएका ती युवकलाइ शंकागरि प्रहरिले नियन्त्रणमा लिन्छ । अन्तत ती युवकनै दोषी ठहरी अहिले कारवाहिमा परेका छन ।