महेन्द्र कौशल, गुल्मी – बिहिवार राती देखि लगातार अबिरल झरीका कारण गुल्मी स्याङ्जा र पाल्पाको सङ्गम स्थल रुरु धाममा संचालन भैरहेको महोत्सव प्रभावित बन्यो। अबिरल बर्षाले रिडि खोला किनारमा बनाइएका करिब २ दर्जन भन्दा बढि स्टलहरु हाटाइएको छ। पाल्पा तिरको तटमा बनाइएका स्टलहरुमा क्षेति समेत पुगेको छ। लगातार बर्षा हुदा खोलाको सतह बड्दै जादा २ गते राती नै खोला तर्न बनाइएको फड्के पुल डोजरको सहायताले भत्काइएको थियो। बर्षा लगातार भएको कारण जाने आउने दर्शकहरु पाल मुनि ओतिन बाध्य भएका छन। अहिले रिडिको तटको जनजीवन अत्यन्तै कष्टकर र जाने आउने भक्तजन दर्शकहरुलाई नि कष्ट्पुर्ण यात्रा भएको कुरा रिडिका स्थानीयले बताएका छन।
Badigad Online