प्रथम मुसिकोट महोत्सव सफल बनाउन मुसिकोट अन्तर्गत रहेको विद्यालयका प्रधानाध्यापकसगंको अन्तरक्रिया सम्पन्न ।

प्रथम मुसिकोट महोत्सव सफल बनाउन मुसिकोट अन्तर्गत रहेको विद्यालयका प्रधानाध्यापकसगंको अन्तरक्रिया सम्पन्न ।

Badigad Online
3 Min Read

सागर भण्डारी,गुल्मी । प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृति औद्योगिक एवं व्यापार महोत्सव नजिकिँदै गर्दा आयोजकले यतिबेला विभिन्न सरोकारवाला व्यक्तित्वहरुसगं भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीब्रता दिएको छ । यही माघ १५ गदेखि २६ गतेसम्म सञ्चालन हुने महोत्सव सफल बनाउन आज मुसिकोट नगरपालिका अन्तर्गत रहेका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुसगंको भेटघाट सम्पन्न भएको छ । उद्योग वाणिज्य सगंको सभाहलमा भएको कार्यक्रमका अवसरमा महोत्सवमा राखिएका शिक्षासगं सम्बन्धित कार्यक्रमहरुलाई कसरी सञ्चालन एवं व्यवस्थित गर्ने भन्ने विषयमा सुझाव सकंलन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रचार प्रसार समिति सयोेंजक ज्ञानहरी सापकोटाले महोत्सव सफल बनाउन विद्यालय एवं शिक्षकहरुको मूख्य भूमिका रहने भन्दै महोत्सवको अवसरमा शैक्षिक प्रदर्शनी, कक्षा ८,९ र १० तथा ११ र १२ को कबड्डी प्रतियोगीता राखिएको जानकारी गराउनुभएको थियो । साथै उहाँले यी कार्यक्रममा मुसिकोट नगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरुको सहभागीता हुनेमा आफू विस्वस्त रहेको पनि बताउनुभएको थियो । सोही अवसरमा मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख देविराम शर्माले महोत्सवमा शैक्षिक कार्यक्रमहरु पनि आयोजना गरेर विद्यालयहरुलाई पनि सहभागी हुने अवसर दिएको भन्दै आयोजकलाई धन्यवाद दिनुभएको थियो । उहाँले महोत्सव मुसिकोट नगरपालिकाकै गौरव भएकाले नगरपालिकामा रहेका विद्यालयहरुले माघ ५ गते उद्घाटनको दिन विद्यार्थी सहित कार्यक्रममा उपस्थित हुन पनि आग्रह गर्नुभयो ।

सोही अवसरमा आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले महोत्सवमा उच्च मावि सञ्चालनमा रहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र मा.वि सम्म सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई मूल समारोह समितिको सदस्यमा राखिएको जानकारी दिनुभयो । साथै उहाँले महोत्सवको पहिलो दिन नगरपालिकामा रहेका विद्यालयहरुमा बिदा दिनका लागि नगरपालिकासगं अनुरोध गरेको र उक्त दिन विद्यालयको तर्फबाट भव्य उपस्थिती जनाई मेलालाई सफल बनाउन सहयोग पुर्याउन पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकामा रहेका ११ वटा विद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधि, मुसिकोट उद्योग वाणिज्य सघंका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सघंका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश्वर घिमिरेले गर्नुभएको थियो । गुल्मी मुसिकोटको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नारा सहित माघ १५ देखी २६ गतेसम्म प्रथम गुल्मी मुसिकोट महोत्सव हुँदैछ । १२ दिनसम्म चल्ने महोत्सवमा १ सय ५० स्टल रहनेछन् । भने महोत्सवले मुसिकोट नगरपालिकाको पर्यटन, कृषि, उद्योग र संस्कृति विकासमा टेवा पुग्ने अपेक्षा गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित