मनग्ये आम्दानी गरेका कृषक किरण भट्टराइ भन्छन “स्वदेशमै केहि गर्न सकिन्छ”

मनग्ये आम्दानी गरेका कृषक किरण भट्टराइ भन्छन “स्वदेशमै केहि गर्न सकिन्छ”

Badigad Online
1 Min Read

महेन्द्र कौशल – बर्तमान समयमा दिनहुँ दिन दर्जनौ युवा वैदेशिक रोजगार तय गरिएको पाइएको छ। बिदेशमा भन्दा स्वदेशम नै कुनै व्यवसाय गरुम भन्ने मान्छे कमै मात्र भेटिन्छन्। आफ्नै देशमा कुनै व्यबसाय गर्नु पर्छ भनेर गर्ने मध्येमा किरण भट्टराई एक उदाहरण हुन्। गुल्मीको मुसिकोट नगरपालिका वडा न.५ धुमीमा बस्ने किरण भट्टराईले आफ्नै गाउँ घरमा बसेर पशु पालन बाट मनग्य आम्दानी गरिहेका छन्। उमेरले २४ बर्षका किरणले विभिन्न जातका बाख्रा र कुखुरा पालन गरेर आम्दानी गरिरहेका छन्।

२४ वर्षिय भट्टराईले खरि,बोयर,जमुनापारि,बार्बेरी र लोकल काठे बाख्रा गरि ५ प्रजातीका बाख्रा र कोइलर,ब्रोइलर र लोकल गरि ३ प्रजातिका कुखुरा गरि ५२ ओटा बाख्रा र ३०४ ओटा कुखुरा पालन गरेका छन। करिब २ बर्ष पहिले देखि व्यवसायिक रुपमा बाख्रा र कुखुरा पाल्दै आएका भट्टराईले कुखुरा र बाख्रा बाट खर्च कटाइ मासिक ७० हजार आम्दानी गरेको कुरा बताएका छन। कृषक भट्टराईले बाख्राको पाठा, कुखुरा,बाख्राको मल, कुखुराको मल बेचेर राम्रो आम्दानी गरि विदेश भन्दा स्वदेशमै आम्दानी हुन्छ भनेका छन।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित