रामकृस्ण कंडेल – रास्ट्रपति कार्यलय शितल निवासले शुक्रबार जारी गरेको बिज्ञप्तिको सर्बत्र आलोचना भएको छ। रास्ट्रपति कार्यलयका प्रबक्ता हरिप्रसाद दाहालले हस्ताक्षर गरी जारी गरीएकको बिज्ञप्तिको पहिलो बाक्यनै गलत भएको देखिन्छ। आज शितल निवासमा मित्र रास्ट्र जापानका पार्लियामेन्ट्री भाईस मिनिस्टर र रास्ट्रपति बिधा देबि भन्डारी बिचको सिस्टाचार भेट संबन्धि बिज्ञप्तिमा माघ ३ गते शुक्रबार हुनु पर्नेमा आज माघ १० गते शुक्रबार भनी लेखिएको छ। देशको सर्बोच्च निकाय रास्ट्रपति कार्यलयमा समय समयमा यस प्रकारका कमजोरी हरू दोहोरिदै जानुले यस संस्थाकै बदनाम हुने खतरा देखिन्छ ।
प्रबक्ता दाहालले यस्तो कमजोरी नहेरी हस्ताक्षर गर्नुले सामाजिक सन्जाल प्रयोग कर्ता हरूले चर्को आलोचना गरेको देखिएको छ। यस बिषय लाई लिएर आफ्नो फेसबुक वाल मार्फत सम्माननिय रास्ट्रपति ज्यूको स्वकिय सहसचिब हिरामणी आचार्यले यस कमजोरी प्रति सचिबालयको तर्फ बाट क्षमा याचना गर्नु भएको छ।’प्राविधिक कमजोरीमा क्षमाप्रार्थी छ सचिवालय’आचार्यले लेख्नु भएको छ।आफ्नो फेसबुक वाल मार्फत आचार्यले लेख्नु भएको छ”बिषय वा प्रसङ्गले अर्को अर्थ नलागोस,सम्माननीय ज्यूको सचिवालयको दोष होईन।यसरी नै बुझिदिनु हुन बिनम्रतापूर्वक अनुरोध छ।”