बाख्रापालन समुह गठन गर्न गएका नगरपालिकाका कर्मचारीहरुलाई काँग्रेस समर्थित युवाहरुको अवरोध ।

बाख्रापालन समुह गठन गर्न गएका नगरपालिकाका कर्मचारीहरुलाई काँग्रेस समर्थित युवाहरुको अवरोध ।

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका र हेफर ईन्टरनेशनल संस्थाको साझेदारीमा सञ्चालित बाख्रापालन कार्यक्रमको समुह गठन गर्न लागि मुसिकोट नगरपालिका वडा नं १ स्थित थामडांडा गएका कर्मचारीहरुलाई स्थानीय केही युवाहरुले अबरोध गरेका छन् । मुसिकोट नगरपालिका संगको साझेदारीमा मुसिकोट नगरपालिकामा बाख्रापालन कार्यक्रम सन्चालन गर्दै आएको हेफर संस्था अन्तर्गत जनविकास केन्द्रका कर्मचारीहरु बाबुराम पन्थी, दुर्घा घिमिरे, र तेजेन्द्र महतलाई स्थानीय नेपाली काँग्रेस समर्थित युवाहरुले कार्यक्रम गर्न अवरोध गरेका हुन् । बाख्रापालनका लािग समुह गठन गर्न गएका आफुलाई नगरपालिकाबाट सञ्चालित कुनै पनि कार्यक्रम मान्य नहुने र नगरपालिका सगं गुनासो राखेर मात्रै कार्यक्रम सञ्चालन गर्न दिने भन्दै स्थानीय केही युवाहरुले कार्यक्रम गर्न नदिएको केन्द्रका प्राविधिक तेजबहादुर महतले जानकारी दिनुभयो ।

यता कार्यक्रम अवरोध गर्ने विषयमा युवा नेपाली काँग्रेस टोल सभापति चिरन के.सिलाई सम्पर्क गर्दा उहाँले बाख्रापालन कार्यक्रमको लागि अघिल्लो महिना जिल्ला सदरमुकाममा कर्मचारी छनौट गर्दा प्रश्नपत्र आउट गरेर आफ्ना कार्यकर्ता भर्ती गरेको आरोप लगाउनुभएको छ । हेफरलाई नितान्त राजनीतिकरण गरिएको समेत उहाँको आरोप छ । साथै उहाँले नेपाली कांग्रेस गुल्मीले यो घटनाको उति बेलै जिल्ला प्रशासन कार्यालयमा बिरोध गरेकोे र स्वतन्त्र तवरले परीक्षा सन्चालन गर्न माग समेत गरेको जानकारी दिनुभयो ।

मास्टर सकेकाहरुलाई फेल गरेर एस.एल.सी मात्र पास गरेका आफ्ना कार्यकर्तालाई नियुक्ति गरेकोले कर्मचारीहरुलाई कार्यक्रम गर्न नदिएको उहाँले बताउनुभयो । नागरिक सचेत भैसकेकोले कुनै पनि अनियमिता, भ्रष्टाचार र भेदभावको समर्थन गर्न नसकिने उहाँले बताउनुभयो । नेपाली कांग्रेस नगर सचिव मोहन घिमिरेले नागरिकको आन्दोलन जायज भएको बताउनुभयो । उता वडा नं १ का वडाध्यक्ष पूर्ण बहादुर हितानलाई सम्पर्क गर्दा चित्त नबुझेका कुरा छलफलबाट समाधान हुने भन्दै कार्यक्रमनै अवरोध गर्नु राम्रो कुरा नभएको बताउनुभयो । उहाँले थामडाडामा अवरोध भएपनि अन्य स्थानमा भने कार्यक्रम सञ्चालन हुने बताउनुभयो । नगरप्रमुख सोमनाथ सापकोटाले आफूलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित