हेम विश्वकर्मा ८ माघ बुर्तिबाङ – बागलुङको ढोरपाटन नगरपालिका– ८ का विपन्न बिद्यार्थी, शारिरीक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ न्यानो कपडा वितरण गरिएको छ । विश्वकर्मा हेल्पिङ हेन अराउण्ड वल्ड द कुवेतले वडामा रहेका ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरेको हो । पुस महिलाको सुरुवातसँगै ढोरपान क्षेत्रमा चिसो बढ्दै गएको छ । वर्षासँग भएको हिमपातले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बच्नका लागि ढोरपाटन नगरपालिकाको बोबाङ्का बालबालिका र वृद्धाबृद्धलाई न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।
वडा अध्यक्ष नन्दे सुनारको रोहबरमा वडामा रहेका १५ जना ज्येष्ठ नागकिलाई कम्मल, शारिरीक रुपमा अशक्त भएका २० जनालाई सल र जनवादी आधारभुत बिद्यालयमा अध्यनरत अति बिपन्न परिवारका १५ जना बिद्यार्थीलाई झोला वितरण गरिएको संस्थाका सदस्य सुजन सेच्चुरीले जानकारी दिनुभयो । कार्यक्रम नयाँ पुस्ता नेपालका अध्यक्ष कुसल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको स्थानीय धनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।