बादबिबाद कार्यक्रममा अध्यक्ष बैकुन्ठ रायमाझि चेक बाट गुल्मीको वामीटक्सार आऊने।

बादबिबाद कार्यक्रममा अध्यक्ष बैकुन्ठ रायमाझि चेक बाट गुल्मीको वामीटक्सार आऊने।

Badigad Online
2 Min Read

रामकृष्ण कंडेल,वामीटक्सार। – गुल्मीको वामीटक्सारमा आधुनिकता की मौलिकता’बिषयक बादबिबाद कार्यक्रम हुने भएको छ।बादबिबाद कार्यक्रममा अध्यक्ष बैकुन्ठ रायमाझि चेक बाट गुल्मीको वामीटक्सार आऊने कार्यक्रमको आयोजक वामी बिस्व सम्पर्क मन्च साँस्कृतिक समितिले जनाएको छ।’वामी बिस्व सम्पर्क मन्च साँस्कृतिक समितिको आयोजनामा यहि फाल्गुण ७गते मा बि स्तरिय बादबिबाद कार्यक्रम आयोजना गरेका छौ’समितिका महासचिब हेमनाथ खराल(कोरिया)ले बताऊनु भयो।’घर,परिवार र समुदायमा ऐले आधुनिक्ताले छोएको छ,थुप्रै बिसंगति हरू भित्रिएको परिपेक्ष्यमा समाजमा के यो जायज होत,सानो ऊमेरका बिधार्थी हरूको यस बिषयमा के बुझाई छ हामी जान्न चाहान्छौ र समयमै सुधारका लागि भूमिका निर्बाह गर्न सक्छौं भन्ने ऊध्देश्यका साथ मा बि स्तरिय बादबिबाद कार्यक्रम आयोजना गरिएको’ महासचिब खरालले बताऊनु भयो।

सानै उमेर देखि साहित्यिक क्षेत्रमा अत्यन्तै रूची राख्नुहुने महासचिब खरालले आयोजित कार्यक्रमको सान्दर्भिक्ता पुस्टि गर्दै भन्नु भयो’बोलीभाषा, भेषभुषा, सँस्कार,खानपान, रहनसहन, गाउँ को बसाइ, शहरि बसाइ सँग बिधार्थी हरूले कस्तो तुलना गर्लान हामी सुन्न आतुर छौ’।महासचिब खरालले बिगत केहि बर्ष यता समाजमा साहित्यिक कार्यक्रम हरूको आयोजना कम भएको भन्दै आफुहरूले समय समयमा यस प्रकारका कार्यक्रम हरू आयोजना गर्ने प्रतिबध्दता समेत दोहोराऊनु भयो।खरेलले प्रथम,द्वितिय र तृतिय पुरस्कारको लागि सौजन्यकर्ता हरू समेत पाईसकेको बताऊनु भयो।

महासचिब खरालका अनुसार बादविवाद प्रतियोगिता मा प्रथम हुने बिद्यार्थी बक्ता लाइ सँस्था का उपाध्यक्ष रमेश कंडेल ज्यू ले प्रथम पुरस्कार रु.५५५५ (पाँच हजार पाँच सय पच्पन्न) सौजन्य गर्नुभएको छ। दोस्रो हुने बिद्यार्थी बक्ता लाइ सँस्था का महासचिब हेमनाथ खराल ले रु.३३३३(तिनहजार तिनसय तेत्तीस) दोस्रो पुरस्कार सौजन्य गर्ने र तेस्रो बिद्यार्थी बक्ता लाइ सँस्था का सचिवालय सदस्य बोधसाली गौतम ज्यू ले रु. २२२२ (दुइ हजार दुइसय बाइस) तेस्रो पुरस्कार सौजन्य गरि प्रदान गर्ने सहमति भएको छ।कार्यक्रममा सहभागि हरू सबै लाई सान्तत्वना पुरस्कार स्वरूप ५००/दिईने छ।बादबिबाद कार्यक्रममा मुसिकोट नगरपालिकाका र मुसिकोट नगरपालिकाको सिमानामा रहेका बाग्लुड०जिल्लाका समेत मा बि सन्चालन भएका बिधालय हरू बाट सहभागिता रहने समेत महासचिब खरालले बताऊनु भयो।’

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित