जीवन पाण्डे बाग्लुङ्ग – मानिस जन्मिन्छ र एकदिन मर्छ यो प्राकृतिक नियम हो । मानिस जन्मनुलाइ हाम्रो समाजमा पुर्व जन्मको फल भन्ने गर्छन । जीवन त्यस्तै बन्छ जस्तो मानिसले जन्मिदा उसले भाग्य लिएर आएको छ त्यस्तै बन्छ भनेर पनि भन्ने गरिन्छ । तर यो कुरामा कतिको सत्यता छ तपाईं आफै मुल्यांकन गर्नुहोला ।
हामी आफू ठिक र तन्दुरुस्त भएको समयमा कोहि अशक्त व्याक्ती आयो भने अनेक बाहना बनाउछौ । हामी अहिले ठिक छौ तर कतिबेला हामी के हुन्छौ त्यो भने हाम्रो हातमा छैन यो भने सत्य हो । यस्तै कुराको उदाहरण हुन तारा बि.क । बि.क जन्मिदा तन्दुरुस्त नै थिए, उनी ३ बर्षबाट स्कुल पनि जान लागे । बिडम्बना उनी जब ८ बर्षका भए उनको जिवनमा भयावह स्थिती आयो । उनी स्कुलमै एकाएक ढल्न थाले । “उनलाइ एकदम ज्योरो आउथ्यो अनि डल्ने गर्थे” बि.क को आमाले बताउनु भयो ।
बडिगाड गाउपालिका वडा न. ०६, नयागाउका बि.क अहिले एकदमै डरलाग्दो स्थितिमा पुगेका छन । उनको ढाड र कम्मरको भाग नै छुट्टिन लागेको बि.क को बुवा बताउनुहुन्छ । उनका बुवाको अनुसार उनलाइ उपचार गर्नको लागि सबै पैसा अनि सम्पती सकियो तर उनलाई निको हुने केही छाटकाट देखिएन । आफुले गर्न सक्ने अवस्था सम्म गरि नै राखेका उनका बुवा अब भने आफूले गर्ने नसक्ने, छोराको उपचारको लागि पैसा जुटाउनुपर्ने र आफुसङ्ग पैसा नहुने समस्याले अत्यन्तै पिडित छन ।
उनी अहिले सहयोगी मन एबम संघ संस्था खोज्दै भौतारिराखेका छन । उनले बडिगाड अनलाइनलाई अनलाइन मार्फत आफ्नो भिडियो सार्वजनिक गरि सहयोगी मन सङ्ग पुर्याइदिन भन्दै आग्रह गरेपछी हामिले उनको कथा यश भिडियोमा देखाएका छौ । कृपया उनको वास्थविक कथा हेर्न तलको भिडियो मा क्लिक गर्नुहोला ।