प्रथम गुल्मी मुसिकोट पर्यटन,सांस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सव अत्यन्तै तिब्र तैयारी

प्रथम गुल्मी मुसिकोट पर्यटन,सांस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सव अत्यन्तै तिब्र तैयारी

Badigad Online
1 Min Read

महेन्द्र कौशल – गुल्मी मुसिकोट पर्यटन,सांस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सव अत्यन्तै तिब्र तैयारी भएको छ। यहि माघ १५ गते देखि २६ सम्म संचालन हुने महोत्सवमा करिब १५० स्टलहरु बनाइएको छ र करिब ७० हजार भन्दा बढी मानिसको उपस्थित हुने अमुमान गरिएको छ। पहिलो चोटि मनाइदै भएर सम्पुर्ण कलाकार,पत्रकार, व्यापारी लगायत सम्पुर्ण मुसिकोट नगरपालिका बासी आफ्नो तरिकाबाट अत्यधिक रुपमा खटिएको कुरा प्रथम गुल्मी मुसिकोट पर्यटन,सांस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सवका प्रचारप्रसार समन्वय समितीका संयोजक ज्ञानहरि सापकोटाले बताउनु भएको हो।

प्रथम गुल्मी मुसिकोट पर्यटन,सांस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सवमा अद्यावधिक ठूलो धनराशिको भलिबल खेल प्रतियोगिता संचालन गरिने र मुसिकोट नगरपालिका भित्रकै विद्यालय स्तरिय कबड्डिखेल कक्षा ८,९,१० र ११,१२ बिच हुनेछ। यहि माघ १५ गते उद्घाटन हुन गैरहेको प्रथम गुल्मी मुसिकोट पर्यटन,सांस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सव-२०७६ कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्नु हुने छ। मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा हुन लागेको महोत्सव अत्यन्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकार र स्थानीय कलाकारको साथमा शान्त,सब्य र भब्यरुप गरिने कुरा प्रचारप्रसार समन्वय समितीका संयोजक सापकोटाले जानकारी दिनु भएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित