गुल्मी मुसिकोट महोत्सबको उदघाटन कार्यक्रममा हजारौ दर्शक हुने।

गुल्मी मुसिकोट महोत्सबको उदघाटन कार्यक्रममा हजारौ दर्शक हुने।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल वामीटक्सार। गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आज वामीटक्सारमा गर्ने बताईएको छ।गुल्मी मुसिकोट महोत्सबको उदघाटन कार्यक्रममा हजारौ दर्शक हुने आयोजकको दाबि रहेको छ।अध्यक्ष तिमिल्सिना महोत्सब ऊदघाटनको लागि ठिक१.३०बजे वामीटक्सार आऊने जानकारी प्राप्त भएको छ। वार्ड अध्यक्ष प्रकाश काफ्लेका अनुसार प्रमुख अतिथि रास्ट्रिय सभाका सम्माननिय अध्यक्ष तिमिल्सिना सवार हेलिकप्टर रूद्रावति बहुमुखी क्याम्पसमा तयार गरिएको हेलीप्याडमा १.३०बजे अबतरण हुनेछ।उक्त स्थानमा प्रमुख अतिथि रास्ट्रिय सभाका सम्माननिय अध्यक्ष तिमिल्सिना लाई मुसिकोट नगरप्रमुख शोमनाथ सापकोटा,वार्ड अध्यक्ष प्रकाश काफ्ले,महोत्सब आयोजक समितिका पदाधिकारी हरू लगायतले स्वागत गर्ने कार्यक्रम छ।

रूद्रावती क्याम्पसमा स्वागत पश्चात प्रमुख अतिथि लाई कार्यक्रमस्थल महेन्द्र आदर्श मा बि नजिक तयार गरिएको महोत्सब स्थलको औपचारिक मन्चमा लगिने छ।वामीटक्सारमा ईतिहासमै पहिलो पटक गर्न लागिएको पहिलो ब्यापार महोत्सबको ऊदघाटन रास्ट्रकै सम्माननिय ब्यक्तित्व रास्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना बाट हुने छ।

आज मुसिकोट नगरपालिकाका बिभिन्न वार्ड हरू बाट मिहिनेतका साथ तयार गरि ल्याईएका सॉस्कृतिक झॉकि हरू प्रदर्शन गरिने छ,हजारौ दर्शक हरूले बजार परिक्रमा,कार्यक्रमको औपचारिक उदघाटन,शुभ कामना मन्तब्य,रास्ट्रिय कलाकार हरूको सॉगितिक प्रस्तुति,बिशिस्ट अतिथि हरू बाट शुभ कामना मन्तब्य लगायत निर्धारित कार्यक्रम हरू रहेको सुचना तथा प्रचार प्रसार उपसमितिका संसोजक ज्ञानहरि सापकोटाले जानकारी दिनु भयो। महोत्सबको कारण वामीटक्सार बजार बेहुली सिंगारिए जस्तै देखिन्छ।बिहानै देखि महोत्सबको चहल पहल बढिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित