नेकपाका केन्द्रीय सदस्यहरू काठमाडौंमा।

नेकपाका केन्द्रीय सदस्यहरू काठमाडौंमा।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल – सत्तारूढ दल नेकपाका केन्द्रीय सदस्य हरू बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौंमा पुगीसकेको बताईएको छ। बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठक पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो।भोली ११ बजेदेखि राष्ट्रियसभा गृहमा बैठक सुरु हुँदैछ।केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीको उदघाटन मन्तव्य, अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलको सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेश गर्ने,प्रदेशका अध्यक्षले प्रदेशको पार्टी संगठनात्मक अवस्थाबारे रिपोर्ट पेश गर्ने लगायतका महत्वपूर्ण एजेण्डा तय भएका छन।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ। पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ। केन्द्रीय कमिटी महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुने बताईएको छ। दुई पार्टी एकीकरण भएपछि ४४१सदस्यिय केन्द्रिय समिति रहेको बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित