बिज्ञ केन्द्र बाग्लुङ्ग लाई बाग्लुङ्ग र पर्बतका बाख्रा पालक किसान ले गरे धन्यवाद ज्ञापन!

बिज्ञ केन्द्र बाग्लुङ्ग लाई बाग्लुङ्ग र पर्बतका बाख्रा पालक किसान ले गरे धन्यवाद ज्ञापन!

Badigad Online
1 Min Read

दिनेश शर्मा, बाग्लुङ – भेटेररिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाग्लुङ मा माघ १२ देखि १४ गतेसम्म पर्बत र बाग्लुङ का ३० जना कृषक हरुलाइ तालिम प्रदान गरिएको छ। उक्त ३ दिने तालिम पश्चात् कृषक हरु निकै खुसी भएका छ्न।केही दिन अगाडि मात्र बिज्ञ केन्द्र बाग्लुङ ले नमुना पशुपालन फर्म को लागि आह्वान गरिएको अनुदान कार्यक्रम मा छनोट मा परेका किसान हरुको नामावली प्रकाशन गरेको थियो।उक्त छनोट आबेदन परेका तीन सय बढी किसान हरुको प्रत्यक को स्थानिय रुपमा प्रत्यक्ष रुपमा किसान को घरगोठ मा पुगेर प्रत्यक्ष अवलोकन अनुगमन गरि अङ्क प्रदान को मापदन्ड अनुसार छनोट गरिएको थियो।

उक्त छनोट मा परेका तालिम नभएका र अन्य तालिम नभएका बाख्रा पालक किसान लाई तालिम मा समेटिएको हो। तालिम मा निकै महत्त्वपूर्ण र किसान लाई समस्याको रुपमा खड्किएको बिषय सिक्न पाएको भन्दै किसान हरुले तालिम को आयोजक लाई धन्यवाद ज्ञापन गरेका थिए। तालिम मा प्रशिक्षक को रुपमा बिज्ञ केन्द्र बाग्लुङ का प्रमुख शम्भुराज पान्डे,छैठौ अधिकृत केशव पौडेल,पशु चिकित्सक रामजिप्रसाद पौडेल,पशु बिकास अधिकृत निलकन्ठ शर्मा,पशु स्वास्थ्य प्राबिधिक प्रकाश परियार लगाएत रहनुभएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित