गुल्मी महोत्सवमा उद्घाटन गर्न हेलिकप्टरमा तिमिल्सना “गुल्मीको अध्यारो दिन सकियो”

गुल्मी महोत्सवमा उद्घाटन गर्न हेलिकप्टरमा तिमिल्सना “गुल्मीको अध्यारो दिन सकियो”

Badigad Online
4 Min Read

रामकृस्ण कंडेल,महोत्सबस्थल। गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आज वामीटक्सारमा गर्नु भयो।अध्यक्ष तिमिल्सिनाले महोत्सबको औपचारिक उदघाटन गर्दै कृषि पर्यटन,र उद्योगको विकासबिना आर्थिक सवृद्धिको सपना साकार गर्न नसकिने बताऊनु भएको छ। उधोग बाणिज्य संघका अध्यक्ष शुदर्शन शाक्यको अध्यक्षतामा गुल्मीको वामीटक्सारम सुरु भएको प्रथम गुल्मी मुसिकोट महोत्सव २०७६ को उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नु भयो’हामीले सुखी नेपाली र सवृद्ध नेपालको सपना अगाडि बढाएका छौं।

त्यसका लागि प्रमुख आधार भनेकै कृषिमा आधुनिकीकरण,पर्यटन, उद्योगहरूको विकास हो’। ‘आयात होइन निर्यातको अवस्था सिर्जना गर्नु पर्ने भन्दै प्रमुख अतिथि तिमिल्सिनाले आफूले यस क्षेत्रको लागि सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो।संबोधनको क्रममा प्रमुख अतिथि तिमिल्सिनाले महोत्सव गुल्मीकै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरणमा जोड दिनु पर्ने बताऊनु भयो।’यस क्षेत्रको बिकासले अब फड्को मारिसकेको छ, अब यहॉका जनताको अध्यारो दिन सकियो, उज्यालो दिन आएको छ’उहॉले भन्नु भयो।२८बर्ष पहिले आफु यस क्षेत्रमा आएको संस्मरण गर्दै यस क्षेत्रले बर्तमान समयमा निकै कुरामा परिबर्तन भएकोमा खुसी ब्यक्त गर्नु भयो।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै मुसिकोट नगरप्रमुख शोमनाथ सापकोटाले क्षेत्रको विकास तीब्र गतिमा भइहरको बताउँदै उक्त विकासको उपयोग गरी जनतालाई संवृद्धितर्फ लैजानु पर्नेमा जोड दिनु भयो। महोत्सब सफलताको लागी नेपाली कॉग्रेस जिल्ला कार्य समितिका सचिब बिस्णु कुमारी सापकोटा,नेकपा नगर ईन्चार्ज जिवन खरेल,कृस्णहरी सापकोटा लगायतले प्रथम मुसिकोट पर्यटन ,सांस्कृतिक , औधोगिक तथा ब्यापार मेला २०७६ महोत्सब सफलताको लागि शुभ कामना मन्तब्य राख्नु भएको थियो।

महोत्सवमा स्थानीय कृषिजन्य सामग्री, घरेलु तथा साना उद्योगमा उत्पादित वस्तुलगायतका स्टलहरू राखिएको छ। ऊदघाटनको प्रमुख अतिथि रास्ट्रिय सभाका सम्माननिय अध्यक्ष तिमिल्सिना सवार हेलिकप्टर रूद्रावति बहुमुखी क्याम्पसमा तयार गरिएको हेलीप्याडमा प्रमुख अतिथि रास्ट्रिय सभाका सम्माननिय अध्यक्ष तिमिल्सिना लाई गुल्मी जिल्लाका सि डि ओ कोशहरी निरौला,मुसिकोट नगरप्रमुख शोमनाथ सापकोटा,वार्ड अध्यक्ष प्रकाश काफ्ले,महोत्सब आयोजक समितिका पदाधिकारी हरू लगायत बाट स्वागत गरिएको थियो।रूद्रावती क्याम्पसमा स्वागत पश्चात प्रमुख अतिथि लाई कार्यक्रमस्थल महेन्द्र आदर्श मा बि नजिक तयार गरिएको महोत्सब स्थलको औपचारिक मन्चमा लगिएको थियो।

वामीटक्सारको ईतिहासमै पहिलो पटक पहिलो ब्यापार महोत्सबको ऊदघाटन रास्ट्रकै सम्माननिय ब्यक्तित्व रास्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना बाट गराईनु सबैले सकारात्मक रूपमा लिएका छन। आज मुसिकोट नगरपालिकाका बिभिन्न वार्ड हरू बाट मिहिनेतका साथ तयार गरि ल्याईएका सॉस्कृतिक झॉकि हरू प्रदर्शन,ठुलो संख्यामा रहेका दर्शक हरूले बजार परिक्रमा,कार्यक्रमको औपचारिक उदघाटन,शुभ कामना मन्तब्य,रास्ट्रिय कलाकार हरूको सॉगितिक प्रस्तुति,बिशिस्ट अतिथि हरू बाट शुभ कामना मन्तब्य लगायत निर्धारित कार्यक्रम हरू सम्पन्न गरिएको सुचना तथा प्रचार प्रसार उपसमितिका संयोजक ज्ञानहरि सापकोटाले जानकारी दिनु भयो।

पहिलो पटक आयोजना हुन लागेको महोत्सवले मुसिकोट नगरपालिकाको पर्यटन विकास,धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महत्वपूर्ण हुने बिस्वास लिईएको छ। महोत्सवमा ५ करोडको कारोवार र ७० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाई रहेको छ। महोत्सबको कारण वामीटक्सार बजार बेहुली सिंगारिए जस्तै देखिन्छ।बिहानै देखि महोत्सबको चहल पहल बढिरहेको थियो।गुल्मी मुसिकोट महोत्सबको उदघाटन कार्यक्रममा टाढा टाढा बाट समेत दर्शक उपस्थित भएको देखिन्थ्यो।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले समेत यो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ।महोत्सब माघ१५गते शुरू भई २६गते समापन हुनेछ।कार्यक्रम ऊध्योग बाणिज्य संघका उपाध्यक्ष मोहनलाल सेरेस्ठको स्वागत मन्तब्य,सचिब महेस्वर घिमिरेको सन्चालनमा कार्यक्रम अगाडि बढिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित