स्व.फणिन्द्र भन्डारीका हत्यारा लाई शान्ति नमिल्ने:श्रीमति धना भन्डारी।

स्व.फणिन्द्र भन्डारीका हत्यारा लाई शान्ति नमिल्ने:श्रीमति धना भन्डारी।

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल,वामीटक्सार। माघ१५ नेपाली कॉग्रेसका पुर्ब जिल्ला सचिब तथा चर्चित युवा नेता स्वर्गिय फणिन्द्र भन्डारीकी श्रीमति धना भन्डारीले आफ्नो स्व.श्रीमानका हत्यारा लाई शान्ति नमिल्ने बताईकि छन।नेपाली कॉग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भन्डारीका भाई समेत रहनु भएका स्व.फणीन्द्र भण्डारीकाे २०६७ माघ १४ गते काठमाडौकाे सुन्धरा स्थित स्वस्तिक हाेटेलमा रहस्यमय निधन भएको थियाे।०३६ सालकाे विधार्थि अान्दाेलन र ०४२ सालकाे सत्याग्रहमा सकृय भूमिका निर्बाह गर्नु भएका स्व.भन्डारीको दुखद निधनले गुल्मीले ईमान्दार प्रजातान्त्रिक योध्दा गुमाएको छ।

जिवनभर जनताको निम्ति योगदान गर्नु भएका स्व.फणीन्द्र भण्डारीको निधन अस्वभाबिक भएको र यो हत्यानै भएको स्वर्गिय फणिन्द्र भन्डारीकी श्रीमति धना भन्डारीले बताईकि छन।’सहयाेद्वाहरूले पनि फणीन्द्र भण्डारीकाे बारेमा सहि मुल्यांकन गर्न सक्नु भएन र केही बाेल्नु भएन’श्रीमति धना भन्डारीले बताएकी छन।हत्या भएको ९ बर्ष पुग्दा समेत खाेजि नहुदा दु:ख आफु लाई दुख लागेको श्रीमति भन्डारीले बताएकी छन।

आफ्नो फेसबुक वाल मार्फत श्रीमति भन्डारीले ब्यक्त धारणाको पूर्ण पाठ: ‘रहस्यमय हत्या भएको नवौं बर्ष २०४६ सालको एैतिहासिक जनअान्दाेलनकाे कमाण्डर र एवं सर्वोच्च नेता गणेशमान सिंहले जिउँदाे सहिदकाे उपाधि दिएका स्व.फणीन्द्र भण्डारीकाे २०६७ माघ १४ गते रहस्यमय हत्या काठमाडौकाे सुनधरा स्थित स्वस्तिक हाेटेलमा भएको थियाे। २०६७ माघ १५ गते अाजकै दिन करिब २ बजे तिर गुल्मी जिल्लाको चिदीचाैरमा फणीन्द्रकाे शव हेलिकप्टरबाट ल्याईएको थियो।ति अावज फणीन्द्र भण्डारी अमर रहुन,हत्यारा लाई कारवाही भन्दै सुनिएको थियो। २०३६ सालकाे विधार्थि अान्दाेलनबाट र २०४२ सालकाे सत्यग्रहकाे समयदेखि जीवन पर्यत्न संङघर्षमै संङघष् जीवन व्यतित गर्नु भएका फणीन्द्र भण्डारीलाई कायर अाततायि हरूले उनकाे प्रतिभा र व्यक्तित्व, क्षमताबाट डराएर निहित स्वार्थ र सन्तुष्टि लागि एउटा हाेनाहार नेपाली सपूत,प्रजातान्त्रीक याेद्वालाई बीभत्स रहस्यमय हत्या गरे।हत्याराहरूकाे अात्माले कहिल्यै पनि शान्ति पाउने छैन।उनि सँगै पञ्चायतकाे कालारात्रीमा संघर्ष गरेका जेलनेल काे यातना भाेगेका र भुमिगत काे अनुभव गरेका सहयाेद्वाहरूले पनि फणीन्द्र भण्डारीकाे बारेमा सहि मुल्यांकन गर्न सक्नु भएन र केही बाेल्नु भएन। साच्चै याे देशमा कानुन र सरकार त छ हुदाहुदै पनि त्यस्तो व्यक्तिको रहस्यमय हत्या भएको ९ बर्ष पुग्दा समेत खाेजि नहुदा दु:ख लाग्छ।रहस्यमय हत्याभएका फणीन्द्रले कहिल्यै न्याय नपाउने हुन त?

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित