शैक्षिक गुणस्तर वृद्धि गर्ने विद्यालयमा मात्रै भौतिक पूर्वाधारमा लगानि वढाउनुपर्ने जिसस उपप्रमुख भुसालको भनाई ।।

शैक्षिक गुणस्तर वृद्धि गर्ने विद्यालयमा मात्रै भौतिक पूर्वाधारमा लगानि वढाउनुपर्ने जिसस उपप्रमुख भुसालको भनाई ।।

Badigad Online
3 Min Read

कमल पौडेल,बडिगाड (बागलुङ) – जिल्ला समन्वय समिति बाग्लुङका उपप्रमुख विष्णु प्रसाद भुसालले शैक्षिक गुणस्तर वृद्धि गर्ने विद्यालयमा राज्यले भौतिक पुर्वाधारमा लगानि बढाउनु पर्ने बताउनु भएको छ। विहिवार पौंदीटारी आधारभुत विद्यालय बडिगाड गाउँपालिका ५, ग्वालीचौरको ४५ औ वार्षिकोत्सवको उद्घाटन गर्दै उपप्रमुख भुसालले सो कुरा बताउनु भएको हो। प्रमुख अतिथि भुसालले पांैदिटारी आधारभुत विद्यायल शैक्षिक सुधारमा अगाडि बढि सकेको भन्दै नमुना विद्यालय वन्नबाट कसैले रोक्न नसक्ने बताउनु भएको थियो। अंग्रेजी माध्ययममा पढाइ हुने सो विद्यालयको प्रशंसा गर्दै भुसालले अरु विद्यालयलाई पनि गुणस्तर वृद्धिमा लाग्न आग्रह गर्नुभएको थियो।

सो कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, भानु माध्यमिक विद्यालय टारीका प्रधानाध्यापक केशव खरेल, आयोजक विद्यालयका पूर्व प्रअ तिर्थमणि भुसाल, जनज्योती मावि अरेवाका इश्वरी आचार्य, चन्दादाता शिवलाल आचार्य, स्वयंसेवक शिक्षकहरु इडिबेल्चर र अन्ना लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा चन्दादाता, सहयोगी, अतिथि लगाएतलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रधानाध्यापक टिका भुजेलले ५३ लाख ३५ हजार बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरविद्यालय स्तरीय हाइजम्प प्रतियोगीता छात्र तर्फ त्रिभुवन नमुना मावि खर्वाङ प्रथम, भानु मावि टारी द्धितिय र पौंदिटारी आधारभुत विद्यालय तृतिय भएका छन्। त्यस्तै छात्रा तर्फ भानु मावि टारी प्रथम, खार मावि खार द्धितिय र पौदिटारी आ.वि. ग्वालीचौर तृतिय भएका छन्। रेकर्ड नृत्य प्रतियोगीता तर्फ भानु मावि टारी प्रथम, त्रिभुवन नमुना मावि खर्वाङ द्धितिय र आयोजक पौदिटारी आवि ग्वालीचौर तृतिय भएका छन्। सो कार्यक्रममा अन्तरसदनात्मक मार्चपास तथा पि.टि. प्रदर्शन, अभिभावकहरुको कुर्चि दौड लगाएतका प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रमको सुरुमा स्वागत गित तथा विचविचमा सो नृत्य सहित विविध विद्यार्थीहरुको प्रतिभाहरु प्रदर्शन गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल खरेलको अध्यक्षता शिक्षक कल्पना खरेल तथा विद्यार्थि जमुना वलामी स्वागत मन्तव्य र शिक्षकहरु रामचन्द्र खरेल, वुद्ध परियार र राजेन्द्र अचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

पूर्ण अंग्रेजी माध्ययममा पढाइ हुने सो सामुदायीक विद्यालयमा २ सय ४ जना विद्यार्थी अध्ययनरत रहेका छन्। १७ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा प्रावि स्थायी ४ दरवन्दि, अस्थायी १ र आधारभुत तहको २ राहत दरवन्दी रहेको र ७ जना शिक्षक निजिस्रोतमा भएको विद्यालयले जनाएको छ। २ दिन सम्म चलेको वार्षिकोत्सवका विविध कार्यक्रम औपचारीक कार्यक्रम सहित विहिवार सम्पन्न गरिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित