हामिहरू जनताको सेवा गर्न निर्बाचित भएका हौ-मेयर सापकोटा।

हामिहरू जनताको सेवा गर्न निर्बाचित भएका हौ-मेयर सापकोटा।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल,वामीटक्सार। आफुहरू साषन सत्ता सन्चालन गर्न नभई जनताको सेवा गर्न निर्बाचित भएको मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले बताऊनु भएको छ।गुल्मी मुसिकोट महोत्सब लाई वामीटक्सारमा प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै नगरप्रमुख सापकोटाले उक्त धारणा ब्यक्त गर्नु भएको हो।महोत्सबको दोस्रो दिनको कार्यक्रम लाई संबोधन गर्दै नगरप्रमुख सापकोटाले भन्नु भयो’गतसाल मुसिकोट नगरपालिकाले उठाई रहेको राजस्व जम्मा जम्मी ५६लाख हो’।

राजस्वको बारेमा निर्णय गर्नुपूर्ब आफुहरूले ऊधोग बाणिज्य संघका प्रतिनिधि हरू संग समय समयमा छलफल गर्दै आएको बताऊनु भयो।नगरप्रमुख सापकोटाले भन्नु भयो’समाज बदल्न हामि सबै बदलिनु पर्छ भन्दै गुल्मी मुसिकोट बाणिज्य संघ बन्नु गौरब हो,उधोगबाणिज्य संघ प्रथम भएमा मुसिकोट नगरपालिका प्रथम हुनेछ’।कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख सापकोटाले’महोत्सब लाई दस लाख सहयोग गर्ने घोषणा गर्नु भयो’।

कार्यक्रमका बिशिस्ट अतिथि रूपन्देहि ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले कार्यक्रममा शुभ कामना मन्तब्य राख्दै गुल्मीको वामीटक्सारमा आयोजित ब्यापार महोत्सबले रास्ट्रिय अन्तरास्ट्रिय क्षेत्रमा चर्चा कमाएको भन्दै समय समयमा यस्ता कार्यक्रमको आयोजना आबस्यक रहेको धारणा ब्यक्त गर्नु भयो। मुसिकोट महोत्सबको आज दोस्रो दिन शुभकामना मन्तब्य,सॉगितिक प्रस्तुति लगायत बिबिध कार्यक्रम हरू रहेका छन।महोत्सब माघ२६सम्म सन्चालन हुनेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित