पहिला नै दुइवटी बिवाह गरेका बिरेन्द्र अर्काकी श्रीमती लिएर फरार, परिवारमा बिचल्ली [भिडियोसहित]

पहिला नै दुइवटी बिवाह गरेका बिरेन्द्र अर्काकी श्रीमती लिएर फरार, परिवारमा बिचल्ली [भिडियोसहित]

Badigad Online
1 Min Read

जीवन पाण्डे, बाग्लुङ्ग – बडिगाड गाउपालिका वडा न. ०४, जलजलामा एक व्याक्तिले घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाएका छन । उनिहरु करिव १० दिन सम्पर्कबिहिन भए पश्चात् माग १६ गते सम्पर्कमा आएको उनकी बहिनी गोमा बि.कले बताएकी छिन । बडिगाड गाउपालिका वडा न. ०७, भिमगिठे घर भइ जलजला स्थित आफ्नै ससुरालिमा बस्दै आएका बिरेन्द्र बि.क ले सोही स्थानिय महिला एबम अर्काकी श्रीमती जुनु बि.क लाई लिएर फरार भएका हुन ।

जुनुको श्रीमान बिदेश छन । उनी अब घर आउछु भनेर आफ्नी श्रीमतिलाइ जानकारी गराउदा जुनु बिरेन्द्रसङ्ग भागेको स्थानियले बताएका छन। बिरेन्द्र र जुनु दुबैको परिवारमा २ सन्तान छन । जुनुको एक छोरा र एक छोरी छन भने बिरेन्द्रको २ छोरा रहेका छन । जुनुले आफुसङ्गै एक छोरी लिएर गएकी हुन भने बिरेन्द्रले एक छोरा लिएर भगेका हुन । बिरेन्द्र पहिलानै २ वटि श्रीमती बिवाह गरेका व्याक्ती हुन ।

अहिले फेरि उनको यस्तो कृयाकलापले आफ्नो लगायत धेरैको पारिवारिक र सामाजिक अवस्थामा बिचल्ली भएको छ । हामी यश घटनालाइ बडिगाड अनलाइनको युट्युव च्यनलमा अपडेट गरिराखेका छौ । कृपया बिस्तृत जानकारिको लागी तलको भिडियो हेर्नुहोला ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित